१ कार्तिक २०८३, आइतबार

अन्नपूण चेसमा पायनीयर च्याम्पियन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । १३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगितामा पायनीयर स्कुल पहिलो भएको छ ।

पायनीयरले आठ मध्यका चार स्पर्धामा पहिलो स्थान हात पारेको हो । यु–१६ मा पायनीरका सुदिप तामाङ पहिलो भए । सो स्पर्धामा हिमालयन स्कुल भक्तपुरका निकेन कुसाथा दोश्रो तथा किम्सका प्रमित अमात्य तेश्रो भए ।

छात्र यु–१० मा हिमालयन स्कुल कीर्तिपुरका मनोज घिसिङ पहिलो भए । पायनीयरका अंकीत भुजेल दोश्रो तथा पस्पसदन कीर्तिपुरका आदर्श श्रेष्ठ तेश्रो भए ।

छात्र यु–१२ मा दिपज्योतीका प्रसन्न विक्रम कुवँर पहिलो, महांकाल माबीका विजय टमाटा दोश्रो तथा पायनीयरका अनिल लामा तेश्रो भए ।

यु–१४ मा पायनीयरका सौरभ पोख्रेल पहिलो, आयोजक अन्नपूर्णका समिर अन्सारी दोश्रो तथा पायनीयरका सन्देश कटुवाल तेश्रो भए ।

विजयी खेलाडीलाई प्रमुख अतिथी नेपालका लागि युरोपीयन राष्ट्र माल्टाका महाबाणीज्य दुत तथा नेपाल उद्धोग बाणीज्य महासंघका प्रदेश नम्बर तीनका अध्यक्ष एबं आयोजक विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष दिनेस श्रेष्ठका बिशेष अतीथी मणीग्राम बहु उद्धेश्य सहकारी सस्थाका कार्यकारी स्रचालक दिपक जोशीले पुरस्कार वितरण गरे ।

विद्यालयका प्राचार्य चन्द्र प्रकास राजभण्डारीको सभापतीत्वमा भएको पुरस्कार वितरण समारोहमा मुख्य आर्बीटर ज्ञानेन्द्र खाइजु सहित आियोजक विद्यालयका खेलकुद शिक्षक केशब श्रेष्ठ, पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रताप अधीकारी,पूर्व राष्ट्रिय च्याम्पियन सुरबीर लामा र मनीस हमालको साथै क्यान्डीडेट रिजेन्द्र राजभण्डारीको उपश्थिती थियो । प्रतियोगितामा ३४ विद्यालयका २८२ खेलाडीको सहभागिता थियो ।