सर्लाही, २८ जेठ । ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको बाटो छेकेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मधुवन गोठ गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न हिडेका यादवलाई राजपाका दुई सय कार्यकर्ताले चारैतिर रुख काट्दै सडक अवरुद्ध गरी कालो झण्डा देखाएका हुन् । यादवलाई कालो झण्डा देखाएपछि राजपा र फोरम कार्यकर्ताबीच झडप समेत भएको छ ।
इलाका प्रहरी कार्यालय बरहतवरका अनुसार स्थिती तनावग्रस्त बन्दै गएपछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने उपेन्द्र यादवलाई कडा सुरक्षाबीच कार्यक्रम स्थलतर्फ लगिएको छ ।
मधुवन गोठ गाउँपालिका राजपाको शक्ति केन्द्र मानिन्छ ।











प्रतिक्रिया