३० आश्विन २०८३, शुक्रबार

गोप्य सूचनापछि इस्लाम मुलुकबाट आउनेलाई निगरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police Nepal काठमाडौं, ३१ असोज । नेपालमा गम्भीर  सुरक्षा थ्रेट भएको भन्दै भारतीय दुतावासले गोप्य लिखित सूचना दिएपछि गृह मन्त्रालयले सिरिया लगायत इस्लामिक मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई निगरानीमा राख्न सुरक्षा निकायलाई निर्दैशन दिएको छ ।

सूचना सार्वजनिक भएपछि सुरक्षा निकायका प्रमुखहरुको बैठक दिनहुँजसो बसिरहेको छ ।

सोही विषयबारे छलफल गर्न बिहीबार गृहसचिवको अध्यक्षामा बसेको बैठकले सिरिया लगायत इस्लामिक मुलुकका नागरिक प्रवेश गर्दा विेशष निगरानी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले विमानस्थलको सुरक्षामा कडा सुरक्षा डेस्क खडा गरिएको जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।