३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीको पोशाक परिवर्तन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_police
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले शुत्रबारदेखि आफ्नो पोसाक परिवर्तन गर्दैछ । जनपथ प्रहरीमा चुस्ता कम्ब्याट ड्रेस विस्थापन गरी निलो रङको नयाँ पोशाक लागू गर्न लागेको हो ।

अहिलेसम्म चुस्ता नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो ।

नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए । पहिलो चरणमा शुक्रबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ पोसाक लागू हुन लागेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।