३० आश्विन २०८३, शुक्रबार

इवोला प्रभावित मुलुकवाट १३१ सशस्त्र प्रहरी फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebolaकाठमाडौं, ३१ असोज । इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरेर एक सय ३१ सशस्त्र प्रहरी मुलुक फर्किएका छन ।

सशस्त्र प्रहरी बलका अनुसार उनीहरु वुधवार राति १२ वजे काठमाडौं आउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै इबोलाबारे जानकारी दिइएको थियो ।

सशस्त्र प्रहरीलाई बाटोमा नथुक्न भन्दै बसबाट ककनीस्थित तालिमकेन्द्र पुर्‍याइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरुलाइ तीनसातासम्म चिकित्सकिय निगरानीमा राखिने बलले जनाएको छ । इबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।

सशस्त्रको अस्पताल संतुगलका डा रुपक महर्जनसहितको टोलीले रोग प्रभावित मुलुकवाट फर्किएकाहरुलाई निगरानी गर्ने छन ।

उनीहरुका लागि छुट्टै भान्सा, भाडाँकुडा, बाथरुम र बस्ने ब्यवस्था गरिएको छ । मिसनबाट फर्किएकाहरुलाई बिमानस्थलमा आफन्तसंग समेत भेट गर्न दिईएन । फोन वा अरु कुनै माध्यमबाट मात्र सम्पर्क गराउने भनिएको छ ।