काठमाडौं, २८ जेठ । सरकारले सहमतिअनुसार संविधान संशोधन नगरेको भनेर असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनको अलग अलग बैठकहरू बस्दै छन् ।
राजपाको बैठकपछि गठबन्धनको बैठक बसेर आनदोलनको घोषणा गर्ने तयारी भइरहेको नेता केशव झाले जानकारी दिए । राजपाका शीर्ष नेताहरूको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति तयार पार्नेछ ।
राजपाको बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी भएको छ । सत्तापक्षसँगको वार्तामा कुरा नमिले आजै आन्दोलनको घोषणा गरिने नेता झाले बताए ।
गठबन्धनले निर्वाचन विथोल्नका लागि आमहड्ताल, बन्द, घेराउलगायतका कार्यक्रम दिने तयारी गरेको हो ।











प्रतिक्रिया