काठमाडौं, २८ जेठ । स्थानीय तहको दोस्रो निर्वाचनमा भाग लिन अनाकानी गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग कांग्रेस र माओवादी केन्द्रले छलफल गर्दै छन् ।
सिंहदरबारमा अहिले केही समयपछि हुने वार्तामा राजपा नेपालका मागका विषयमा छलफल केन्द्रित हुने नेता केशव झाले जानकारी दिए ।
‘माग पूरा हुने अवस्था देखिएन । हामी आन्दोलनको तयारीमा छौँ’, उनले भने, ‘कुरा मिलेन भने आजै आन्दोलनको घोषणा गर्ने छौँ ।’
यसअघि शनिबार भएको वार्तामा कुरा नमिलेपछि बिनाकुनै निष्कर्ष स्थगित भएको थियो । राजपा नेपालले शनिबारको वार्तामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न प्रस्ताव गरेको थियो । तर, सत्तारुढ दलहरूले निर्वाचन सार्न अस्वीकार गरिदिएका थिए ।











प्रतिक्रिया