९ मंसिर २०८३, बुधबार

देउवाजी प्रधानमन्त्री भएकोमा भारत खुसी छः भारतीय गृहमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २७ जेठ । भारतीय गृहमन्त्री राजनाथ सिंहले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकामा भारत निकै खुसी रहेको बताएका छन् ।

काँग्रेस सभापति देउवालाई बधाई तथा शुभकामना दिँदै भारतीय गृहमन्त्री सिंहले भने हामी देउवाजीसँग मिलेर काम गर्न चाहन्छौँ । उनले देउवाको कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।
नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लवका अध्यष ऋषि धमलासँगको शनिबारको भेटमा भारतीय गृहमन्त्री सिंहले भारतले नेपालको आन्तरिक तथा राजनीतिक मामिलामा कहिल्यै पनि दख्खल नदिएको र आगामी दिनमा पनि नदिने स्पष्ट समेत प्रष्टीकरण समेत दिए ।

मन्त्री सिंहले भने, ‘नेपाल सँधै शान्त, स्थिर र आर्थिक समृद्ध भएको हेर्ने हाम्रो चाहना छ, यो चाहना हिजो पनि थियो र आजपनि छ र भोलि पनि रहनेछ ।’

उनले अघि भने, ‘अहिले नेपालमा निर्वाचन हुँदैछ, यो दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि बाँकी रहेका प्रदेश र केन्द्रिय संसदको पनि चुनाव सम्पन्न होस् र त्यसपछि नेपाल विकासको पथमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।’

नरेन्द्र मोदी प्रधानमन्त्री बने लगत्तै भारतले नेपाललाई धेरै महत्व दिएको समेत उनको दाबी थियो ।