
काठमाडौं, २७ जेठ । निर्वाचन आयोगले चुनाव चिन्ह अंकित टिसर्ट, टोपी तथा झोला वितरण गर्न निषेध गरेको छ ।
दलहरुले व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेको पाइएको भन्दै आयोगले चुनाव चिन्ह अंकित जिन्सी सामान वितरण नगर्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई आदेश दिएको हो ।
आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान बाँडेर व्यापक रुपमा आचारसंहिता उल्लंघन भइरहेको निष्कर्ष निकालेको छ ।
आयोगले आचारसंहिताको उल्लंघनको अनुमगन गर्न सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई निर्देशन पनि दिएको छ ।











प्रतिक्रिया