९ मंसिर २०८३, बुधबार

‘विप्लव’का थुप्रै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । प्युठान जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका तीन दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपाबाट युवा नेता विश्वबन्धु थापा सहितका थुप्रै नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट रामचन्द्र भट्टराईको नेतृत्वमा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा विप्लव समूहका युवा नेताहरू अक्षय भण्डारी, प्रदीप एमसी, विष्णुराज बिसी, खेमराज खनाल, दक्षा केसी, सुशीला गिरी, रामबहादुर बस्नेत, टंकबहादुर पुन लगायत रहेका छन् ।

उनीहरू सबैलाई माओवादी केन्द्रका नेता मणि थापाको पहलमा पार्टी प्रवेश गराइएको हो ।

राप्रपाका नेताहरू माओवादी केन्द्रमा

उता, सिन्धुपाल्चोकका राप्रपा नेता कोर्जे तामाङसहितका जिल्ला स्तरीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राप्रपाका जिल्ला समिति सदस्य तामाङसहितका नेताहरू शनिबार नै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र प्रवेश गर्ने अन्य नेताहरूमा पूर्व गाबिस अध्यक्ष सिङ्गी तामाङ, पूर्व गाबिस उपाध्यक्ष विष्णुलाल श्रेष्ठ, क्षेत्रीय सदस्य ङावाङ लामा, नेताहरू भोटे वाइवा तामाङ, सेते तामाङ, बीरेन तामाङ, अरब तामाङ, लड्पा तामाङ, सुरज तामाङ, सुकमान तामाङ रहेका छन् ।

माओवादी प्रवेश गर्ने अन्य नेताहरूमा भानुदास श्रेष्ठ, गिमिरे तामाङ, फुरसिंगे शेर्पा, बोलबहादुर तामाङ, बीरबहादुर तामाङ, डक्पो लामा, दलबहादुर तामाङ, दामा तामाङ झाँकी रहेका छन् ।

त्यसै गरी एमालेका संगठित सदस्य दावा तामाङ, नेपाल गुजारियो कराँतेका सुरेश मगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।