१ कार्तिक २०८३, शनिबार

सोलुखुम्बुमा मात्रै एक वर्षमा दसजना बालिका बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ३० असोज । सोलुखुम्बुमा एक वर्षमा १० जना बालिका बलात्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार गत असोज महिनादेखि एक वर्षको अवधिमा १० जना बालिका बलात्कृत भएको मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको हो । बालिका बलात्कार गर्ने सबैलाई प्रहरीले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ ।

बलात्कारमा परेकाहरू धेरैजसो आफन्त तथा छिमेकीहरूबाट पीडित रहेका छन् । बालिकाहरूलाई ललाइफकाई बलात्कार गरेको पाइएको प्रहरी नायब उपरीक्षक योगबहादुर पालले जानकारी दिनुभयो ।

जिल्लामा बालिकामाथि बलात्कारका घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।