उत्तम अधिकारी
आबुधाबी । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारी यूएई आइपुग्नु भएको छ ।
महासंघको यूएई शाखाको यही शुक्रवार हुने चौथो अधिवेशनमा सहभागी हुनका लागि दुबैजना यूएई आउनुभएको हो ।
बुधबार यूएईको शारजाह एयरपोर्टमा अध्यक्ष तथा उपाध्यक्षद्वयलाई महासंघको यूएई शाखाका उपाध्यक्ष भुपराज बस्याल, प्रवक्ता त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, सदस्यहरु लक्ष्मण खनाल, हरी नेपाली लगायतको टोलीले स्वागत गरेका थिए ।
महासंघको यूएई शाखाले चौथो अधिबेसनको पूर्व सन्ध्यामा बिहिवार साँझ दुबईमा पत्रकारिता तालिमको आयोजना गर्दैछ ।
महासंघका अध्यक्ष डा. बिष्ट र उपाध्यक्ष भण्डारीको उपस्थितिमा हुन गइरहेको उक्त तालिम विशेष महत्वको हुने शाखाका प्रवक्ता त्रिलोचन कोइरालाले बताउनुभयो ।
त्यसैगरी महासंघले ‘बैदेशिक रोजगारप्रतिको आकर्षण र यसले नेपाली समाजमा पारेको असर’ बिषयक बृहत अन्तरकृया कार्यक्रम समेत आयोजना गरेको छ ।
आफ्नो चौथो अधिबेसनको सम्पूर्ण तयारी पुरा भइसकेको यस अघि नै यूएई शाखाले जनाईसकेको छ ।
घोषणासभा तथा अन्तरक्रिया कार्यक्रम एभरेष्ट इन्टरनेशनल होटेल बरदुबईमा हुनेमहासंघको यूएई शाखाले जनाएको छ ।
घोषित कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि अन्तिम चरणका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको शाखाका अध्यक्ष अर्जुन दाहालले बताउनुभयो ।














प्रतिक्रिया