९ मंसिर २०८३, बुधबार

विपक्षी दलहरूलाई पनि विश्वासमा ल्याउनु पर्छ : माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद अग्निप्रसाद सापकोटाले प्रमुख विपक्षी दल एमालेलाई पनि विश्वासमा लिएर समस्याको हल गर्नुपर्ने बताएका छन् ।

संसदको शुक्रबारको बैठकमा धारणा राख्दै सांसद सापकोटाले मुलुकमा धेरै समस्याहरू विद्यमान रहेको बताए । ‘प्रमुख विपक्षी दललाई पनि विश्वासमा लिनुपर्छ’, उनले भने, ‘संविधान कार्यान्वयनको पनि ठूलो चुनौती छ ।’

शान्ति प्रक्रियाका बाँकी रहेका कुरालाई केही तत्वले समाधान गर्न नचाहेको बताएका माओवादी केन्द्रका नेता सापकोटाले भने, ‘शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले समाधान गर्नेछ । सत्य निरुपण आयोगलाई अगाडि बढ्न सहयोग मिल्नेछ ।’