घनश्याम पराजुली (कृष्ण)
दोहा । गैर आवासिय नेपाली संघले हरेक बर्ष अक्टोबर ११ तारिकका दिन गैरआवासीय नेपाली दिवस (एनआरएन डे) को रुपमा मान्ने गरेको छ । एनआरएन डे कतारमा भब्य कार्यक्रमकाबीच मनाईयो ।
नेपाल सरकारद्धारा अक्टोबर ११ तारिकको दिनलाई एनआरएन डे घोषणा गरेपछि विदेशमा बस्ने नेपालीहरुले यस दिनलाई चाडको रुपमा मनाउन थालेका हुन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य समिती कतारले विजया दशमी, शुभ दिपावली, बक्र ईद, छठ र नेपाल सम्वत ११३५ को अवसरमा शुभकामना आदान प्रदानसहित एनआरएन डे मनायो ।
दोहाको गोल्डेन र्फक रेष्टुरेन्टमा आयोजित कार्यक्रम एनआरएनए कतारका अध्यक्ष मकसुद अलामको सभापतित्वमा सम्पन्न भयो ।
प्रमुख अतिथी नेपाली दुतावास कतारका कार्यवाहक राजदुत गणेशप्रसाद ढकालले एनआरएनएसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारबाट बैधानिक पाईसकेको यस संस्थाले नेपालको विकासका लागी उत्तरदायी भुमिका खेल्नु पर्ने बताउनुभयो ।
नेपाली नियोग संस्थासँग हरेक क्रियाकलापमा सहकार्य गर्ने छ साथै नेपाल कतारको व्यपार सम्बन्ध बढाउनका लागि एनआरएन कतारले पनि पहल कदमी भुमिका निभाउनु पर्ने उहाँले भन्नुभयो ।
विषेश अतिथी एनआरएनए गल्फ सह–संयोजक पुर्ण केसीले विदेशमा बस्ने नेपालीहरुको लागी सबै भन्दा ठुलो चाडको रुपमा एनआरएन डे हो भन्नुभयो ।
कार्यक्रममा बोल्दै अतिथी एनआरएन आईसिसी सल्लाहकार नरेन्द्र भाटले एनआरएनएको ११ बर्षे यात्रामा योगदान गर्ने व्यक्तित्वहरुको सम्झना गर्दै संस्थाका मुल्य मान्यताहरुलाई भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा अतिथीहरु एनआरएनएका संस्थापक उपाध्यक्ष डा.देवकाजी डंगोल , आईसिसी सदस्य उमेश अधिकारी र अमृत गुरुङ्ग, एनआरएनए खेलकुद उपसमिती मध्यपुर्ण संयोजक रामहरी गैह्रे, एनआरएनए कतारका सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, एनआरएनए कतारका पुर्व महासचिव क्रान्ति सिं, प्रवासी नेपाली मन्चका अध्यक्ष दिलकिरण खजुम, नेपाली जनसम्पर्क समितकिा सभापती बिमल सुबेदी, कतार न्यूज एजेन्सीका प्रतिनिधी, पाकिस्तानी समुदायका प्रतिनिधीलगायत कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमा शुभकामना आदान प्रदान गर्दै गैर आवासिय नेपाली दिवसलाई मनाईएको हो । कार्यक्रममा सभापती अलामले गैर आवासिय नेपाली दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।
एनआरएनको ११ औं बर्ष को अवसरमा ११ वटा मैनबत्ति बाली, राष्ट्रिय गानबाट उद्घाट गरिएको थियो भने रात्रिभोजसँगै कार्यक्रमको समापन गरिएको थियो ।















प्रतिक्रिया