१ कार्तिक २०८३, आइतबार

टोखा नगरपालिकाले जित नकआउट फुटबल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । टोखा नगरपालिकाले प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टोखाले तार्केश्वर नगरपालिकालाई २–० गोलअन्तरले पराजित ग-यो । विजयी टिमका लागि सन्जु डंगोल र आशिष डंगोलले गोल गरे ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा चन्द्रागिरी नगरपालिकाले जित निकाल्यो ।

चन्द्रागिरीले शंखरापुर नगरपालिकालाई ३–० ले हरायो । जितमा समिर कार्की, रन्जित पुडासैनी र रविन रिजालले १–१ गोल योगदान गरे ।