१५ कार्तिक २०८३, आइतबार

सात नेपाली अमेरिकाबाट निस्कासित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीलाई अमेरिकाको इमिग्रेसनले निस्काशन गरेको छ ।

उनीहरूलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनीहरू त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मलेसिया, थाइल्याण्ड घुम्न जाने भन्दै बिभिन्न समयमा गएको खुल्न आएको छ ।

उनीहरूलाई दलालहरूले अमेरिका पुगाएको र अमेरिकामा उनीहरूको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो ।

उनीहरूलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।