२९ आश्विन २०८३, बिहिबार

अर्बपति बिनोद चौधरीको घरमा दुःख, छोरा-बुहारीको डिभोर्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-chaudhary

काठमाडौ, ३० असोज । विश्वका धनीहरुको सूचीमा पर्न सफल उद्योगपति विनोद चौधरीको घरमा दुःखले बास गरेको छ ।

छोरा निर्वाण चौधरीको सम्बन्धविच्छेदले गर्दा परिवारमा तनाव थपिएको हो । निर्वाणको पत्नी स्वस्ती मित्तलसँत गत भदौको पहिलो साता कानुनी रुपमै सम्बन्ध बिच्छेद भएको छ ।

चार वर्षअघि संसारका चौथा सर्वाधिक धनाढय स्टिल किङ लक्ष्मि मित्तल परिवारका अशोक मित्तलकी छोरी स्वस्तिका मित्तलसँग आफ्ना छोरा निर्वाण चौधरीको तामझामका साथ विवाह गराएका चौधरीको घरमा विवाहको केही समयदेखिनै दाईजोको विषयलाई लिएर किचलो सुरु भएको थियो । वैवाहिक सम्बन्ध बिग्रिएपछि चौधरी परिवारमा पटकपटक झगडा हुने गरेको थियो । विवाहको एक वर्षदेखिनै यी जोडीहरुवीच मतभेद चुलिएपछि स्वस्तीलाई दुईपटकसम्म माइतीमै पुगेर ससुरा बिनोदले फर्काएका थिए ।

निर्वाणका पिता विनोद चौधरीले विवाहको खर्च एक करोड रुपैया बुझाएर निर्वाण र स्वस्तीको डिभोर्स गराएको बताइएको छ । मारवाडी समुदायमा सम्बन्ध विच्छेद गराउँदा विवाहमा भएको केटी पक्षको खर्च केटा पक्षले फिर्ता गर्नुपर्ने हुन्छ । मित्तलले पचास करोड भारतीय रुपैयाको दावी गरेका थिए । तर चौधरी परिवारले फिर्ता दिन नमानेपछि अदालत जाने तयारीमा रहेका मित्तललाई नेपालको कानुनले दाईजो लेनदेनलाई अपराध मानेकोले यहाँबाट खर्च फिर्ता हुन नसक्ने सुझाव दिएपछि उनले छोरीलाई फिर्ता लिएर गएको बताइएको छ ।

झगडाको अर्को कारण निर्वाणको नयाँ-नयाँ युवतीसँगको प्रेम सम्बन्ध पनि रहेको बताइएको छ । पार्टीहरुमा नयाँ नयाँ मोडललाई लिएर जाने र अफेयरमा रम्ने विषयले निर्वाणको स्वस्तीसँग मनमुटाव बढेको थियो । निर्वाण पहिले राणा र अहिले कार्की थरकी युवतीसँगको प्रेम सम्बन्ध रहेको स्रोतले बतायो ।

निर्वाण र स्वत्तिको विवाह भारतको गोवामा राजसी तामाझामका साथ भएको थियो । जसलाई भारतीय मिडियाहरुले तत्कालिन समयमा अभिषेक बच्चन र ऐश्वर्या रायको विवाहलाई जस्तै महत्व दिएका थिए । भारतीय मिडियाहरुले दुई परिवारको मिलनको सम्पत्ति भारतका अम्बानी दाजुभाईसहित अन्य ठूला ब्यापारीहरुको भन्दा बढी हुन पुगेको समाचार समेत प्रस्तुत गरेका थिए ।