असोज ३० । दक्षिण कोरियामा दुर्घटनामा परी ज्यान गुमाएका म्याग्दीका एक व्यक्तिको परिवारलाई त्यहाँ रहेका म्याग्देलीले रु सात लाख ८० हजार राहत सहयोग उपलब्ध गराएका छन् ।
हिस्तान गाविस–८ औलाका पंकज पुनका परिवारलाई म्याग्दी समाज समिति दक्षिण कोरियाले राहत सहयोग गरेको हो । इपिएस भिसामार्फत दुई वर्षदेखि कोरियामा कार्यरत पुनको केही महिनाअघि कार्यस्थलमा दुर्घटनामा परी निधन भएको थियो ।
म्याग्दी समाज समितिका सचिव पुस्कर पुन, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बुधबार बेनीमा आयोजित कार्यक्रममा पंकजकी आमा प्रेमशोभा पुनलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
कोरियामा रहेका म्याग्देलीको पहलमा रकम सङ्कलन गरी परिवारलाई उपलब्ध गराइएको म्याग्दी समाज समिति दक्षिण कोरियाका सञ्चार संयोजक सुमित सुवेदीले बताउनुभयो ।













प्रतिक्रिया