काठमाडौँ, ३० असोज । राष्ट्रिय मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष अनुपराज शर्माले ऐनकानुन मिच्ने कुरामा प्रहरी प्रशासनको कमजोरी रहेको बताउनु भएको छ ।
बिहीबार संसदीय सुनुवाई विशेष समिति बैठकमा उनले यस्तो आरोप लगाउनु भएको हो । राज्यको प्रविति नै ऐनकानुन मिच्ने हुने गरेको भन्दै उहाँले प्रहरी प्रशासनको पहिला थुन्ने अनि सुन्ने प्रवृत्तिले समस्या आएको बताउनुभयो ।
‘उहाँले प्रहरीलाई पहिला सुन्ने अनि थुन्ने परम्पराको थालनी गर्न आग्रह गर्नुभयो । प्रहरी प्रशासनलाई अभिमुखीकरण तालिम दिनुपर्नेमा उहाँको जोड थियो । प्रहरी प्रशासनको गलत कार्यशैलीको मारमा निर्दोष व्यक्ति पर्न नहुने पनि उहाँले बताउनुभयो ।
उहाँले जातिय र लैंगिक हिंसा तथा विभेद विरुद्ध लड्ने प्रतिबद्धता पनि जनाउनुभयो । आफू राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनेमा आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार संरक्षणलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
उहाँले गोर्खाका फुजेलका नन्दप्रसाद अधिकारीको मृत्युलाई दुःखद भन्दै त्यसको निष्पक्ष भर्इ मानवअधिकार संरक्षणको काममा क्रियाशील रहने पनि बताउनुभयो ।
उहाँले सभासदहरुको प्रश्नमा भोली नै सुनको फुल पार्ने कुखुरा जन्माउछु भन्न नसक्ने तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।















प्रतिक्रिया