कैलाली, २३ जेठ । सरकारी कार्यालयमा रहेका अधिकारीको कार्यकक्ष पूजा गर्नका लागि काम गर्नका लागि हो ?
त्यसमाथि कार्यकक्षको यस्तो दुरूपयोग गर्न मिल्छ ? विप्लव माओवादीले कालोमोसो दलेपछि एकजना शिक्षा अधिकारीले कार्यालयमा ग्रहशान्ति पूजा गरेका छन् ।
कालोमोसोको काल हटाउनका लागि उनले कार्यकक्षै पण्डित बोलाएर पूजा गरेका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नै कार्यकक्षमा ब्राम्हणलाई पठा पढाएर यस्तो गरेका हुन् ।
कार्यालय समयमा नै उनले यस्तो ग्रहशान्ति गराएका हुन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले भ्रष्टाचारीको आरोप लगाउँदै विष्टलाई कालोमोसो दलेका थिए । कालोमोसो दलिएपछि जिशिअ विष्ट तनावमा थिए ।
सामाजिक रूपमा लज्जित महशुस गरेका जिशिअ बिष्टले ग्रहशान्तिका लागि आइतबार कार्यालयमै हवन गरेका हुन् । उनले हरेक वर्ष गरिने पूजा भनेतापनि कार्यालय र कार्यकक्षमै त्यस्तो पूजा कहिले पनि भएको थिएन ।












प्रतिक्रिया