काठमाडौँ, ३० असोज । एकीकृत नेकपा (माओवादी)ले संविधानसभामा सरकारले मनोनयन गर्ने सभासद्मध्ये पार्टीको भागमा परेको चार सभासद्को नाम टुङ्गो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयले राममाया बोगटी, जनकराज जोशी, श्यामकुमार श्रेष्ठ र जनक बुढाको नाम टुङ्गो लगाएको एमाओवादी उच्च स्रोतले बताएको छ ।
सरकारले मनोनयन गर्ने २६ सभासद्मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले)का तर्फबाट मनोनयनका लागि सिफारिस भएका सभासद् संविधानसभामा सहभागी भइसकेका छन् ।
















प्रतिक्रिया