१ कार्तिक २०८३, आइतबार

खेलाडी संघको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न माग राखी चार बुँदामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सातदोबाटोमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई आइतबार हस्तान्तरण गरे ।

खेलाडी संघले सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई दिने भनिएको नगद पुरस्कार सम्बन्धित खेलाडीलाई तत्काल उपलब्ध गराउन माग गरेको छ ।

सातौं राष्ट्रिय खेलकुदको व्यक्तिगत र टिम स्पर्धामा क्रमशः १५ र ७ हजार दिने घोषणा गरिएको थियो । कीर्तिमानधारीलाई नगद २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको थियो ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुदको तयारी तत्काल थाल्न भनिएको छ । त्यस्तै २०७४ सालमा राखेपबाट खेल र खेलाडीका लागि तय गरेको कार्यक्रम अविलम्ब सार्वजनिक गर्न खेलाडी संघले माग गरेको छ ।

सदस्य–सचिव विष्टले खेलाडीको पुरस्कार चाँडै वितरण गरिने बताउदै विगतका राष्ट्रिय खेलकुद भन्दा आठौं अझ राम्रो र व्यवस्थित हुने बताए ।

उनले आठौं राष्ट्रिय खेलकुदको सम्भावित खेल स्थलको अध्ययनका लागि समिति गठन गरी तयारी प्रारम्भ गरिएको समेत जानकारी गराए ।