काठमाडौ, ३० असोज । इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरेर विहिवार एक सय ३१ सशस्त्र प्रहरी बल राजधानी आउने भए पछि सम्भावित संक्रमण वाट जोगाउन थप स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएको छ ।
इवोलाको संक्रमण देखिए यता हाल सम्म रोग प्रभावित मुलुकवाट मात्र ५० जना आएका थिए भने यसै साता प्रभावित मुलुकवाट करिव पाँचसय यस्ता प्रहरी समेत नेपाल फर्किने छन् ।
उनीहरुलाई ककनीस्थित तालिमकेन्द्रमा तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । ईबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता अत्तिरिक्त नायब महानिरीक्षक (एआईजिपी) सिंहबहादुर श्रेष्ठले लाईबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले ईबोला संक्रमणको खतरा नभएको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘तथापि सुरक्षा सर्तकताका लागि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सोझै ककनीस्थित तालिमकेन्द्रमा लगिने छ’, उनले भने, ‘उनीहरुमा संक्रमणको शंका नहटासम्म त्यहि राखिने छ ।’
सशस्त्र प्रहरी बल अस्पताल संतुगलका डा।रुपक महर्जनसहितको टोलीले रोग प्रभावित मुलुकवाट फर्किएका हरुलाई निगरानी गर्नेछन । उनीहरुका लागि छुट्टै भान्सा, भाडाँकुडा, बाथरुम र बस्ने ब्यवस्था गरिएको छ ।
स्वास्थ्य जाँचका लागि स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय भइरहेको छ । एआईजिपी श्रेष्ठका अनुसार मिसनबाट फर्किएकाहरुलाई बिमानस्थलमा आफन्तसँगसमेत भेट गर्न दिइने छैन । उनीहरुको स्वास्थ्य जाँच गर्ने टोलीलाई समेत संक्रमणबाट जोगाउन सर्तकता अपनाइएको छ ।
‘फोन वा अरु कुनै माध्यमबाट मात्र सम्पर्क गराउने हो’, श्रेष्ठले भने, ‘अरु कसैको सम्पर्कमा आउने दिइने छैन ।’ शंकास्पद रोगीहरुको लागि आइसोलेसन वार्डको समेत व्यवस्था मिलाइएको छ ।
‘विहीवार १३१ सशस्त्र प्रहरी आउने छन् भने रोग प्रभावित राष्ट्रवाट यो साता करिव पाँच सय जति सैनिक मुलुक फर्किने छ’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनि भन्छन्, ‘उनीहरुलाइ न्युनतम तीनसाता सम्म कडा निगरानीमा राख्नै पर्ने हुन्छ ।’
ती सवै प्रहरीलाइ एक आपसमा वा अन्य व्यक्तिसँग प्रत्यक्ष शारीरिक सम्पर्क नराख्ने गरी प्रत्यक्ष चिकित्सकीय निगरानी अन्तर्गत राख्ने व्यवस्था गरिएको जनाउदै डा.मरासिनि भन्छन, ‘उनीहरुले एक आपस वा कसैसँग हातसमेत मिलाउनु हुँदैन् ।’
‘एकजनाले संक्रमण वोकेर फर्कियो भने संगठनमा बस्ने भएकोले धेरै ठूलो संख्यामा प्रभावित हुने सम्भावना हुन्छ’, डा.मरासिनिले भने, ‘सैनिकरप्रहरी आदि दुईरपाँच वा हजारको संख्यामा रहने भएकोले सामान्य परिवारमा बस्नेको दाजोमा यस्ता समुदायमा तीव्र गतिमा संक्रमण फैलिने डर हुन्छ ।’
डा.मरासिनीले भने, ‘म प्रहरीको स्वास्थ्य निकायलगायत सम्वद्घ सवैसँग आग्रह गर्छ, हाल ठूलो संख्यामा फर्किने प्रहरीहरुको तीन सातासम्म निगरानीमा कुनै कमी भएर एउटा संक्रमित व्यक्तिसमेत समाजमा आयो भने स्थिति अनियन्त्रित हुन्छ ।’















प्रतिक्रिया