काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष टीबी कार्कीले नेतृत्वलाई दोहो¥याउने कुराको विरोध गर्नुभएको छ ।
उहाँले दैनिक नेपाल डटकमसँग कुराकानी गर्दै क्रमबद्ध नेतृत्व विकास हुनुपर्नेमा जोड दिनुभयो ।
‘एनआरएनमा सबै साथीहरु नेतृत्व लिन सक्षम र इच्छुक हुनुहुन्छ, एनआरएनको पहिचान भनेको पनि यही हो,’ उहाँले भन्नुभयो, यसलाई स्वाभाविक रुपमा लिनुपर्छ तर पटक–पटक नेतृत्वमा रहने कुरा उचित हुँदैन ।’
उहाँले कसैले पनि नेतृत्व लिने चाहना नै नराख्ने हो भने संस्थाको गरिमा हराएर जाने भन्दै नेतृत्वको आकाक्षं स्वाभाविक भए पनि दोहोरिने कुरा उचित नहुने तर्क गर्नुभयो ।
उहाँले कागतीको पनि रस रहुञ्जेल महत्व रहने र सर निकालेपछि त्यसको महत्व हराएर जाने भन्दै नेतृत्व पनि त्यस्तै भएको दाबी गर्नुभयो । उहाँले आगामी नेतृत्व सबै कुराको ख्याल गरेर संस्थागत रुपमा छनोट गर्ने पनि जानकारी दिनुभयो ।
एनआरएनमा आवद्ध सबै केही न केही पेशा व्यवसायमा संलग्न रहेको भन्दै उहाँले बचेको समय लगनशील भएर संस्थामा निरन्तर लगाउने व्यक्तिले मात्र संस्थाको नेतृत्व गर्न सक्ने दाबी पनि गर्नुभयो ।
‘योग्यत, क्षमता र संस्थामा गरेको योगदानलाई कदर गर्दै नेतृत्व छनोट हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी यी सबै कुरालाई ख्याल गरेर संस्थागत रुपमा नेतृतव छनोट गर्ने छौँ ।’
संघले आफ्नो थापनाको अवसरमा मनाउदैँ आएको एनआरएन डे मनाउने क्रममा नेपालमा रहनु भएका कार्कीले एनआरएनले विदेशमा सिकेको श्रम, सीप र आर्जन गरेको अर्थ नेपालमा उपयोग गर्न चाहेको पनि प्रष्ट पार्नुभयो ।
एनआरएनको प्रमुख लक्ष्य नै नेपाललाई विश्वमा चिनाउने भएको भन्दै उहाँले आफुहरु त्यही अभियानमा लागेको दाबी गनुभयो । उहाँले आफुहरु नेपालको वेतलवी महावाणिज्य दुत भएको पनि प्रष्ट पार्नुभयो ।















प्रतिक्रिया