१ कार्तिक २०८३, आइतबार

इन्डो–नेपाल टी– २० मा ओसिसको विजयी सुरुआत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । ओसिस्ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

ओसिस्ले आयोजक नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को नीलो टिमलाई ९ विकेटले पराजित ग-यो ।

पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा भएको अर्को खेलमा जीएचसीएले बालुवाटार क्रिकेट एकेडेमीलाई १९ रनले हरायो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा भारतको एक टिमसहित १२ टिम सहभागी छन् । फाइनल जेठ २८ गते हुनेछ ।