काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोलि) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ ।
चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
सहमति बिना नै प्रधानमन्त्री निर्वानको कार्यतालिका सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाउँदै एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको हो ।












प्रतिक्रिया