१ कार्तिक २०८३, शनिबार

जुरेका पहिरो पीडित भन्छन–ओड्ने–ओछ्याउने छैन चिसोमा कठ्याँग्रिएर रात बिताउछौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, २९ असोज । सिन्धुपाल्चोकको माङ्खामा गएको जुरेको पहिरोले घरबारविहीन भएकाहरुलाई झरीको अवस्थामा पनि पालमुनि कठ्याँग्रिएर बस्नुपरिरहेको छ ।

राम्चे–५ का श्याम लामा भन्नुहुन्छ, परिवार ठूलो छ, ओड्ने ओछ्याउने नहुँदा चिसोमा कठ्याँग्रिएर रात बिताउन बाध्य छौँ । दसैँ अगाडि दिएको खाद्यान्न सकिसकेको छ, तिहार अगाडि उपलब्ध गराउने भनेको उपलब्ध हुन सकेको छैन ।

सरकारले अहिलेसम्म जम्मा आठ हजार मात्र राहत दिएको छ पहिरोले दुई वटा घर पुरिएका छन्, सरकारले पुनर्वासका लागि कुनै पनि थप व्यवस्था नगरेको लामाले बताउनुभयो ।

यसैबीच विगत दुई दिनदेखि भइरहेको बेमौसमी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाका किसान चिन्तित बनेका छन् ।

मुठी खाएर मुरी भित्र्याउने समयमा लगातारको झरीले यस क्षेत्रका धानका फाँट र तरकारीबाली जलमग्न भएका छन् ।

झरीले तरकारीबालीमा पूर्णरुपमा नोक्सानी पु¥याएको शिखरपुर कृषक समूहका अध्यक्ष तुलाराम दाहालले बताउनुभयो ।

धमाधम धान भित्र्याउने बेलामा परेको पानीले धानबाली र परालसम्म कुहिने स्थिति सिर्जना भएको स्थानीय बासिन्दा टुङ्गलोचन दुलालले बताउनुभयो । रासस