१ कार्तिक २०८३, आइतबार

प्रथम दक्षिण एसियाली सोतोकान कराँते शुक्रबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । प्रथम दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप शुक्रबार हुने भएको छ । नेपाल सोतोकान कराँते संघको आयोजनामा हुने दुई दिने च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषद(राखेप)स्थीत कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलाको सिनियर तथा जुनियर गरी कुल २८ इभेन्टमा जेठ १९ र २० गते प्रतिस्पर्धा संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठले जानकारी दिए ।

च्याम्पियनसिमा पुरुष कुमुतेतर्फ २० केजी तौलसमुह,२५ केजी,३० केजी,३५ केजी,४० केजी,४५ केजी,५० केजी,५५केजी,६० केजी,६५ केजी,७० केजी,७५ केजी तौलसमुह र खुला गरी कुल १३ तौलसमुहमा प्रतिस्पर्धा हुनेछ ।

कुमुतेकै महिलातर्फ २० केजी तौलसमुह,२५केजी,३० केजी,३५ केजी,४० केजी,४५ केजी,५० केजी,५५ केजी,६० केजी तौलसमुह र खुला गरी १० तौलसमुहमा प्रतिस्पर्धा हुनेछन् ।

जुनियरको महिला र पुरुष काता तथा सिनियरको पनि महिला र पुरुषको कातातर्फ पनि खेल हुनेछ । पुरुषको टिम कातातर्फ पनि खेल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा भारत,बंगलादेश,श्रीलंका,भुटान र आयोजक नेपाल गरी कुल ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष श्रेष्ठले प्रतियोगिताका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको बताए ।