३० आश्विन २०८३, शुक्रबार

कैदीको नियन्त्रणमा नख्खु कारागार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail
काठमाडौं, २९ असोज । ललितपुरस्थित नख्खु कारागार कैदीबन्दीले ३० घन्टादेखि जेलको एउटा ब्लक नियन्त्रणमा राखेका छन् ।

जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि जेलको सी ब्लक ताल्चा लगाएर कब्जामा लिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

नख्खु जेलमा कैदीबन्दीलाई डी र सी नामक दुई ब्लकमा छुट्याएर राखिएको छ । कब्जामा लिइएको सी ब्लकमा करिव २ सय ६२ जना छन् ।