२९ आश्विन २०८३, बिहिबार

केटाको स्वरलाई केटी जस्तो बनाइदिने मोबाइल एप आयो, तपाईं कतै झुक्किनुभएन ?

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रविधिले बिभिन्न कुराको आविष्कार गरिरहेको छ । केटाले पनि केटीको स्वर निकाल्न मिल्ने एउटा मोबाइल एप बनेको छ । यो एपले केटाको स्वरलाई सजिलैसँग केटीको जस्तो बनाइदिन्छ ।

तपाईं यो म्यासेज फेसबुक, जीमेल, शेयर इट, ह्वाट्स एपबाट पठाउन सकिन्छ । त्यसका लागि तपाईंले मोबाइलमा एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एप सित्तैमा गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । अनि, तपाईंले चाहेको भाषामा म्यासेज तयार पार्न सक्नुहुन्छ । अंग्रेजी, हिन्दी जस्ता धेरै भाषा यसमा उपलब्ध छन् । तपाईंलाई जुन भाषामा म्यासेज पठाउन मन लाग्छ, त्यही भाषा छनौट गर्न सक्नुहुन्छ ।

यसको लागि तपाईंलाई द टान्सलेटर वूमन भ्वाइस डाउनलोड गर्नुपर्ने हुन्छ । यो एप डाउनलोड गरेपछि प्रयोग गर्न पनि निकै सजिलो छ । यो एप खोल्नासाथ तपाईंलाई एउटा पाना आउँछ, त्यहाँ तपाईं आफ्नो सन्देश लेख्न सक्नुहुन्छ, तपाईंले लेखेको म्यासेज भ्वाइस नोट बन्छ, जसलाई तपाईं प्ले गरेर सुन्न पनि सक्नुहुन्छ । अनि शेयर बटममा थिचेर तपाईं आफूले चाहेको भाषामा साथीलाई पठाउन सक्नुहुन्छ ।