
– हरिप्रसाद पोखरेल
लोकतन्त्रको सबैभन्दा ठूलो सिपाही सम्झने नेपाली काँग्रेस चितवन मतपत्र कसले च्यात्यो भन्ने विषयमा केही बोल्दैन । ऊ निदाएको होईन, निदाएको भान गर्दैछ ।
जेठ १५ गते पर्ने गणतन्त्र दिवसको सूर्योदयसँगै भरतपुरका जनता आफ्नो नयाँ मेयर पाउने आशामा थिए । तर अघिल्लो दिनदेखि जागेको आशाको दियो अचानक निभ्यो, विहानको सूर्योदय हुन नपाउँदै । कारण थियो, जनताले दिएको सम्मानजनक मत च्यातिनु ।
वैशाख ३१ को टण्टलापुर घामको कुनै पर्वाह नगरी भरतपुरका जनताले बडो उत्साहका साथ मत दिए । प्रतिष्पर्धि मेयरको रुपमा मुख्य दुईजना थिए, एमालेका देवी ज्ञवाली र काँग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादीकी रेणु दाहाल । रेणुको उम्मेदवारीसँगै भरतपुरको नतिजा कुर्न देश विदेशका जनता व्यग्र प्रतिक्षामा थिए । मतपत्र च्यातिएर मतगणना कार्य स्थगित हुनेबेलासम्म पनि आम जनताको चासो र सरोकार भरतपुरमै थियो । भरतपुरको परिणाम यसै त रोचक ढंगले अगाडि बढेको थियो, त्यहीमाथि वैशाख ३१ मा निर्वाचन भएका स्थानीय सबै तहको निर्वाचनको नतिजा सार्वजनिक भईसकेको थियो । बहुप्रतिक्षित भरतपुरका मेयरको नाम थाहा पाउन कोहि मतगणनास्थल वरिपरी नै जाग्राम थिए, कोहि घरमै बसेर सञ्चारमाध्यमको सहारा लिईरहेका थिए । तर मध्यरातको अकल्पनीय घटनाले भरतपुरलाई मेयर दिन सकेन ।

भरतपुरको मतपत्र कसले च्यात्यो भन्ने कुरा मेरो आँखाले अहिलेसम्म देखेको छैन । तर सबै यथार्थता आफ्नै आँखाले देख्नैपर्छ भन्ने पनि छैन । मतपत्र च्यातेको विषयमा एमाले र माओवादीका आ–आफ्नै दावी छन् । एकले अर्कोलाई दोष लगाएका छ्रन् । लोकतन्त्रको सबैभन्दा ठूलो सिपाही सम्झने नेपाली काँग्रेस चितवन मतपत्र कसले च्यात्यो भन्ने विषयमा केही बोल्दैन । ऊ निदाएको होईन, निदाएको भान गर्दैछ । चितवनको सुरक्षा निकायलाई यस घटनाको बलियो प्रमाण मान्ने हो भने यस घटनाको सबैभन्दा ठूलो जिम्मेवारी माओवादी केन्द्रले लिनैपर्छ । किनभने घटनालाई प्रत्यक्ष आफ्नै आँखाले देखेका एसपी दिपक थापा यसका साक्षी छन् । उनले भनेका छन्– ‘बाँदरझै एक्कासी झम्टेर दुईजना माओवादी केन्द्रका मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीले मतपत्र च्यातेका हुन् ।’ त्यसै दिन उनीहरुलाई प्रहरीले पक्राउ पनि ग¥यो । मतपत्र कसले च्यातेर यो अवस्था भयो भन्ने कुरा पक्कै छानविनपछिको प्रतिवेदनले बताउनेनै छ । तर यस घटनापछि भरतपुरमा दुई थरी बहस सुरु भएका छन् । एमाले भन्छ–च्यातिएका मतपत्रलाई मुचुल्का उठाएर मतगणना गर्नुपर्छ ।
आज एउटा ‘स्वाँठ’ले गणनास्थलमा गणक प्रतिनिधि बनेर मतपत्र च्यात्यो भने भोलि अर्को स्वाँठ नजन्मन सक्दैन । यस्ता ‘बज्रस्वाँठ’हरु हरेक पार्टीभित्र छन् । यसैले जस्तोसुकै मत परिणामलाई स्वीकार्न दलहरु तयार हुनुपर्छ । शान्तिपूर्ण मतदानबाट प्राप्त जनमतको सुरक्षा सकिएन भने यस्ता विवादहरु पटक पटक भईरहन्छन् ।
काँग्रेस माओवादी भन्छ–अब फेरि मतदान गरेर जनताको अभिमत लिनुपर्छ । तर बडो उत्साहपूर्वक मत दिएको जनताको मतपत्र सुरक्षित राख्न नसक्नेहरुबाट अब फेरि निष्पक्ष मतदानको अपेक्षा गर्न सकिँदैन । जनतालाई त्यति फुर्सद पनि छैन होला, पटक पटक मतदान गरिरहनलाई । किनभने यो मतदानस्थलमा भएको घटना होईन । मतगणनास्थलमा चारैतिरको सुरक्षा घेराभित्र भएको घटना हो । आज एउटा ‘स्वाँठ’ले गणनास्थलमा गणक प्रतिनिधि बनेर मतपत्र च्यात्यो भने भोलि अर्को स्वाँठ नजन्मन सक्दैन । यस्ता ‘बज्रस्वाँठ’हरु हरेक पार्टीभित्र छन् । यसैले जस्तोसुकै मत परिणामलाई स्वीकार्न दलहरु तयार हुनुपर्छ । शान्तिपूर्ण मतदानबाट प्राप्त जनमतको सुरक्षा सकिएन भने यस्ता विवादहरु पटक पटक भईरहन्छन् । जसले देश सधैँ मतगणना र निर्वाचनमा मात्र अल्झिरहन्छ । यो निर्वाचन आयोगका लागि पनि चुनौतिको विषय हो । मतपत्रको सुरक्षा गर्न नसक्ने राजनीतिक दल, गणक प्रतिनिधि, प्रहरी प्रशासन यसका दोषि हुन् । दोषका भागिदार जनता हुन सक्दैनन् । भरतपुरमा पुनः मतदान गर्नु भनेको जनताप्रतिको अविश्वास हो । निर्दोष जनतालाई दिईएको सजायँ हो ।
चुनावमा गठबन्धन हुँदैमा गलत कुराको किनाराको साक्षी बस्न काँग्रेसजस्तो जिम्मेवार पार्टीलाई सुहाउँदैन । माओवादीसँग चुनावी गठबन्धन गर्दा जति काँग्रेसीजन निराश थिए, उति नै काँग्रेसको पुनः मतदानको मागप्रति कार्यकर्ताहरु रुष्ट छन् ।
भरतपुरको घटनापछि सिर्जित समस्यामा एमाले र माओवादीले एकापसका दोषारोपण गरिसकेपछि काँग्रेसले अभिभावकको भूमिका निर्वाह गर्नैपर्छ । चुनावमा गठबन्धन हुँदैमा गलत कुराको किनाराको साक्षी बस्न काँग्रेसजस्तो जिम्मेवार पार्टीलाई सुहाउँदैन । माओवादीसँग चुनावी गठबन्धन गर्दा जति काँग्रेसीजन निराश थिए, उति नै काँग्रेसको पुनः मतदानको मागप्रति कार्यकर्ताहरु रुष्ट छन् । स्वयम् काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ यो घटना हुँदा गणनास्थलमै भएका कारणले सत्य के हो, उनले छुट्याउनुपर्छ । यसअघि जे भए भए,काँग्रेसको भूमिका अभिभावकको हुनु जरुरी छ । पुनः मतदानको माग गरेर काँग्रेसले हतार गरेको छ । यो हतार गर्नुअघि काँग्रेसले दूधको दूध, पानीको पानी छुट्याउन आवश्यक छ । यसो गरियो भने सभापति जितनारायण श्रेष्ठ साँच्चै राजनीतिक मियो बनेर निस्कनेछन् । यो उनका लागि ठूलो मौका पनि हो । भरतपुरमा गणतन्त्र हारेको दिनमा काँग्रेस पक्कै नहारोस् भन्ने अपेक्षा छ ।
(लेखक पत्रकार महासङ्घ चितवनका निवर्तमान अध्यक्ष हुन)















प्रतिक्रिया