१ कार्तिक २०८३, आइतबार

भुटानमा तेक्वान्दो नेपाललाई आठ स्वर्णसहित १९ पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । भुटानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले फाइटतर्फ चार स्वर्ण,३ रजत र एक कास्य तथा पुम्सेमा चार स्वर्ण,तीन रजत र चार कास्य सहित कुल १९ पदक जितेको छ ।

नेपालका लागि फाइटतर्फ संगीता बस्यालले ६८ किलोमा स्वर्ण पदक जितेकी छन् । सुमित्रा खत्रीले ७६ केजीमा, पुष्प प्रसाद गौतमले ४५ केजी र सुदिप नेपालीले २८ केजीमा स्वर्ण पदक जिते ।

विवेक श्रेष्ठले ३१ केजीमा,अस्मिता खड्काले ५२ केजीमा र प्रतिज्ञा राजभण्डारीले ७२ केजीमा रजत पदक जिते । निराजन चौधरीले ४५ केजीमा कास्य पदक जिते ।

यसैगरी, तेक्वान्दोका सिनियर प्रशिक्षक समेत रहेका विजय शाह ठकुरीले ५० बर्ष मुनीको पुम्सेमा कास्य पदक जित्न सफल भए । ४० बर्ष माथिको टिम पुम्सेमा विजय शाहले अशोक खड्का र सरोज गुरुङसँग मिलेर कास्य पदक जित्न सफल भए ।

पुम्सेमै रेजिन रिमालले ३९ बर्ष मुनी स्वर्ण दिलाए । पुम्सेको २९ बर्षमुनीको पुरुषमा सञ्जिव ओझाले रजत र महिलामा नमिका मोक्तानले रजत तथा ३९ वर्षमुनि राजकुमार माझीले कास्य पदक जितेका छन् ।

पुम्सेतर्फ नै २९ बर्षमुनीको निता गुरुङ्गले स्वर्ण पदक जितेकी छिन् । यसै उमेर समुहको युगलमा अस्मिता खड्का र सञ्जिव ओझाले स्वर्ण जिते । अस्मिता र निताले नमिता गुरुङ्गसँग मिलेर टिमतर्फको पुम्सेमा पनि स्वर्ण जिते ।

२९वर्षमुनिको पुरुष टिममा सञ्जिव ओझा, रेजिन रिमाल र प्रदिप आले मिलेर कास्य पदक जिते । १९ बर्ष मुनिको युगलमा नमिता मोक्तान र प्रदिप आलेले कास्य पदक जितेको राष्ट्रिय टोलीका ब्यबस्थापक हेमन्त डाँगीले जानकारी दिए ।

तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ टोली नेता, सुमनकुमार खड्का व्यवस्थापक, हेमन्त डाँगी ग्योरोगी प्रशिक्षक, प्रेमबहादुर भण्डारी पुम्से प्रशिक्षक, राजिव महर्जन ट्रेनर, नोर्बु लामा अन्तराष्ट्रिय रेफ्री र सरोज बाँस्कोटा रेफ्रीका रूपमा सहभागी भुटानमा सहभागी भएका थिए ।