३० आश्विन २०८३, शुक्रबार

दोलखामा मारिएका तामाङ परिवारको बिलौनाः माओवादीले हामीलाई पनि मार्ने धम्की दिन थाले

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पीडित परिवारले मंगलबार गरेको पत्रकार सम्मेलन

गत वैशाख ३१ गते स्थानीय तहको चुनावले सबैमा खुसीको बहार ल्याउँदा हामीमाथि भने वज्रपात भयो । वैशाख २६ गते राति हाम्रा परिवारका एक मात्र सहारा हाम्रा छोरा, पिता, पति कुलबहादुर तामाङ्गको क्रुरतापुर्वक हत्या भयो । हामै्र गाउँको निलकण्ठेश्वर उच्च माबिको प्रांगणमा उहाँँलाई जुँुगुकै देवी खडका, बिशाल खडकासहितको ३९ जनाले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर हत्या गरेको आज २२ दिन बितिसकेको छ । गौरीशंकर गाउँपालिका वडा नं २ जुँगुको रेशमडाँडास्थित लक्ष्मण जिरेलले सञ्चालन गरेको होटलमा उहाँँमाथि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका जुँगु निवासी देवी खड्का, विशाल खड्का, बसन्त कार्की, भरत खड्का, प्रभात भन्ने विमर्श कार्की, ढालबहादुर खड्का, रोशन कार्कीसहितले नेतृत्व गरेको जत्थाले समातेर स्कूलको चौरमा लगी भाला रोपेर हत्या गरेको घटनाका प्रत्यक्षदर्सीले बताउनु भएको छ । यसरी हाम्रा परिवारको सहाराको ज्यान आपराधिक जत्थाले जुगुकै शिक्षक दिलबहादुर बुढाथोकीलाई पनि मार्ने नियतले आक्रमण गरेको कुरा बाहिर आइसकेको छ । बिना कारण हाम्रा सहाराको हत्या गर्ने समुहको आक्रमणमा परेका दिलबहादुर सर सख्त घाइते भइ काठमाडौंमा उपचार भइरहेको छ । हाम्रा अविभावकलाई भने घट्नास्थलमै मारिएको थियो । उहाँको हत्याले हामी अविभावकविहिन बनेका छौं । वेसहारा बनेका छौं ।

मुख्य अपराधी देवी खडका र बिशाल खडकालाई पक्राउ गर्न नसक्नु वा पक्राउ नगर्नुसँगै हामीलाई उल्टै धम्की आउन थालेको छ । परिवारका सहारा गुमाएको पीडामा हत्यारा समुहबाट आएको धम्कीले थप पीडा दिइरहेको छ ।

एउटा निर्दाेषको हत्या जस्तो जघन्य अपराध भएको यति धेरै समय वितिसक्दा पनि हत्याराहरु पक्राउ गरी अनुसन्धान र कारवाही नहुँदा हामी थप मर्माहत बनेका छौं, आतंकित पनि छौं । मुख्य अपराधी देवी खडका र बिशाल खडकालाई पक्राउ गर्न नसक्नु वा पक्राउ नगर्नुसँगै हामीलाई उल्टै धम्की आउन थालेको छ । परिवारका सहारा गुमाएको पीडामा हत्यारा समुहबाट आएको धम्कीले थप पीडा दिइरहेको छ । अहिले पनि हामी दैनिक हत्यारा समुहको धम्कीको सामना गरिरहेका छौं । घट्नाको भोलिपल्टै हत्यारा पहिचानसहित कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिइसकेका छौं । त्यसपछि अभियुक्तहरु पक्राउ पर्लान, घट्नाको उचित अनुसन्धान होला, हत्यारा कानुनी कठघरामा उभिएलान र कारवाही होला भन्ने हाम्रो बिश्वासमाथि कालो बादल मडारिएको छ । गम्भीर आशंकाका दृष्यहरु देखिन थालेका छन । हत्यामा जसको संलग्नतामा भयो, जसको प्र्रत्यक्ष सहभागितामा भयो, उनीहरु अहिलेसम्म पनि समातिएका छैनन् । खुलेआम उनीहरु भाषण गर्दै हिंडेका छन् । हामीले जुंगुमा मान्छे मार्यौं भन्दै भाषणमै भन्न थालेका छन् । तर प्रहरी प्रशासन अभियुक्त पक्राउ गरी कार्वाही भन्दा बचाउनेतिर लागेको देखिन्छ ।

घटना घटाएको भोलिपल्ट बैशाख २७ गते जुँगुमै देवी र बिशाल खडकालाई पक्राउ गरे पनि प्रहरीले सुरक्षित ठाउँमा लगेर छाडेको जानकारी हामीलाई गाउँका आफन्तले दिनुभएको छ । अहिले पनि उनीहरु खुलेआम हिडिरहेका छन । यसले हाम्रा पीता, पतिको हत्यामा संलग्न देवी, बिशालसहित ३९ जनालाई कार्वाही कारवाही होला भन्नेमा हामीलाई गम्भीर अशंका उत्पन्न भएको छ । यस्तो प्रवृतिले हामी पीडितलाई झन् पीडा थपेको छ । एक त हामी अविभावक गुमाएको पीडामा छौं । हत्यारामाथि कारवाही नहुदा हामी झन् त्रसित छौं । हाम्रो पति, पितालाई मार्ने, मारेको हो भन्दै हिड्दा पनि कारवाही नभएकाले हामी प्रहरी प्रशासन, मानवअधिकारवादी, नागरिक समाज, सञ्चार क्षेत्रलगायत सरोकारवाला सवै निकायको ढोका चहार्न बाध्य भएका हौं ।

कुनै पनि बहानामा मान्छे मार्ने, कुट्पिट गर्ने काममा संलग्न अभियुक्तलाई जोगाउने प्रयन्त नहोस । हामी तामाङ जाती सोझो छ, जे गरे पनि हुन्छ भन्ने सोचाई सरकार र प्रहरी प्रशासनमा नहोस । ती अपराधीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गरियोस भन्ने माग गर्न चाहन्छौं । उनीहरुबिरुद्ध ज्यान मुद्दा चलाई हाम्रो पीडामा थोरै भएपनी मल्हम लगाउने काम होस भनी हामी अपिल गर्न चाहान्छौं । अपराधिहरुलाई राजनीतिक दवावका कारण उन्मुक्ति दिइनु हुन्न । त्यस्तो भएमा भोलि हामी जस्ता निर्दाेष थुप्रै नागरिकले यस्तै पीडा भोग्नुपर्ने अवस्था आउन सक्छ । अरु निहत्था मानिस हाम्रा कुलबहादुर जसरी नै मारिन सक्छन् । अपराधीको मनोवल बढ्नेछ । जस्ले कानूनप्रति बिश्वास राख्ने हामी जस्ताको मनोवल खस्कने छ, हत्याराहरु फेरि अर्काे हत्या गर्ने योजनामा हुनेछन । त्यसबेला कसैको सुरक्षा हुनेछैन ।

त्यसैले त्यस्तो अवस्था नआओस भन्नका लागि र हामीमाथि न्याय दिनका लागि किटानी जाहेरीमा रहेका सबै अभियुक्तलाई तत्कालै पक्राउ गरी मुद्दा चलाइयोस् भनी प्रहरी प्रशासन, जिल्ला सरकारी वकिलको कार्यालयलाई विनम्रतापुर्वक निवेदन गर्न चाहन्छौं । साथै निहत्था मान्छे मार्ने काममा संलग्नलाई कुनैपनि बहानामा छुटकारा नदिन, राजनीतिक दवावमा कारवाहीबाट नजोगाउन र न्यायको अनुभूति दिलाउने काममा सहयोग पुर्याउनु हुन हामी सबै राजनीतिक दल, कानुन व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाज र सञ्चार क्षेत्रलाई बिशेष अपिल गर्दछौं ।

गोरे तामाङ, बुवा
साङमाया तामाङ, श्रीमती
संगीता तामाङ, छोरी
अशोक तामाङ, छोरा

(पीडित परिवारले पत्रकार सम्मेलनपछि गरेको अपिल)