१ कार्तिक २०८३, शनिबार

रामकुमारी झाँक्रीबारे फिल्म बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramkumari-Jhakri

काठमाडौं, २८ असोज । चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीबारे फिल्म बन्ने भएको छ ।

सानो उमेरदेखि नै राजनीतिमा सक्रिय रामकुमारीको जीवन कथालाई सूर्यदीप रेग्मीले पर्दामा उतार्न खोजेका हुन् । फिल्म निर्माण पक्ष यतिबेला रामकुमारीको जन्मस्थल गुल्मीको विकट गाउँहरु पुर्कोट दह र म्यालपोखरीमा पुगेको छ । फिल्म युनिट टोलीले रामकुमारी जन्मे-हुर्केको ठाउँ, विद्यालय, कलेज, साथीहरुलाई पनि फिल्ममा समेट्ने भएको छ ।

‘एकदमै खुसी छु म । तर म आफै उपस्थित भएर भौतिक सहयोग गर्न पाएकी छैन, ‘खुसी व्यक्त हुँदै रामकुमारीले भनिन्, ‘कथा छनौट गर्ने साथीहरू धन्यबादका पात्र  हुनुहुन्छ ।’

रामकुमारीले आफू छायाँकनस्थल गुल्मीमै जाने कोशिस गरिहेको पनि बताएकी छिन् । कमर्शियल फिल्म भएकाले सबैलाई सहयोग गर्न समेत उनले आग्रह गरेकी छिन् ।

 

Ramkumari-jhakri-film

प्रतिगमनविरोधी आन्दोलनमा तत्कालिन अनेरास्ववियुको अध्यक्षका रुपमा रामकुमारीले खेलेको भूमिका निकै प्रशंसनीय छ । आन्दोलनकै कारण त्यतिबेला उनको टाउकोमा समेत गम्भीर चोट लागेको थियो । विद्यार्थी आन्दोलनमा उनको योगदानकै कारण रामकुमारी एमालेको भर्खरै सकिएको महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी भोट ल्याउन सफल भएकी थिइन् ।