काठमाडौं, २८ असोज । राज्य विप्लवको मुद्दामा प्रहरी हिरासतमा रहेका डा सीके राउत अदालतको धरौटी बुझाउन नसकेपछि थुनामा गएका छन् ।
विशेष अदालत काठमाडौंमा थुनछेक बहसपछि न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतसँग ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
राउतलाई जन्मकैदको माग गर्दै असोज २२ गते विशेष अदालतमा मुद्धा दायर गरिएको थियो ।
मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका राउतले अदालतमा भने बयान फेरेका छन् । बयानमा उनले आफूले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ नभनेको अदालत स्रोतले जनाएको छ ।
















प्रतिक्रिया