अमेरिका । अमेरिका को टेक्सास राज्य मा ‘नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन’ को लगानी तथा व्यवस्थापन मा May २४ शनिवार देखि May २६, २०१४ सोमबार सम्म “नेपाल महोत्सव – २०१४” को आयोजना गर्न लागिएको छ। नेपाली गणतंत्र स्थापना दिवस र अमेरिकन मेमोरियल डे को उपलक्षमा पारेर गरिन लागेको यस ३ दिने “नेपाल महोत्सव – २०१४” को आयोजना ले विदेशी भूमिमा हाम्रो नेपाली राष्ट्र र राष्ट्रियता को पहिचान, पर्यटन प्रबर्धन अनि नेपाली हातहरू द्वारा निर्मित हस्तकला को प्रबर्धन मा मदत पुर्याउने विश्वास व्यक्त गर्नु हुन्छ कार्यक्रमका सदस्य सचिव विजयराज भट्टराई।
कार्यक्रमको तयारी का सन्धर्भमा जानकारी राख्दा कार्यक्रम संयोजक अग्नि संजेल ले प्रमुख अतिथि का रूपमा नेपाल बाट माननीय उद्योग मन्त्री कर्ण बहादुर थापा आउन लग्नु भएको जानकारी दिदै कार्यक्रम सफल बनाउन १०१ सदस्यीय समिति तथा उप-समितिहरू समेत गठन गरिसकिएको जानकारी दिनु भयो। साथै यस कार्यक्रम मा नेपाली राजदूतावास को सक्रिय सहभागिता रहने; नेपाल बाट यस कार्यक्रम सँग सम्बन्धित विभिन्न मन्त्रालयहरु बाट कार्यक्रम को सफलताको शुभकामना पत्र समेत प्राप्त भई सकेको जानकारी गराउनुभयो।
कार्यक्रमको पहिलो दिन नेपाली भेष-भूषा, बाजा गाजा सहितको टोलीले नेपाल र नेपाली लाई चिनाउने तुल, ब्यानर, प्ले-कार्ड सहित नेपाली बाजा गाजा र राष्ट्रिय धुन सहित नगर परिक्रमा गर्ने जानकारी गराउनु भयो व्यवस्थापन समिति सदस्य जीवन जोशी ले। आयोजकका तर्फबाट सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनिहरुलाई आ-आफ्नै भेष भूषामा अहभागी भई दिन समेत हार्दिक अनुरोध गर्दै अर्का व्यवस्थापन समिति सदस्य महेश नेपालले यो हामी नेपालीहरू सबैले गर्व गर्ने विषय हुँदा सबैको उपस्थितिको अपेक्षा गर्नु भयो। परेड स्वयम सेवक समिति संयोजक बादल भुजेलले परेड व्यवस्थापनको निमित्त पूर्ण रूपमा स्वयम सेवक परिचालन गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी गराउनु भयो।
त्यसै गरी अतिथि सत्कार तथा व्यवस्थापन समिति संयोजक भीम कार्की तथा सदस्य कमल ओझा का अनुसार नेपाल तथा अमेरिकाकाका विभिन्न सहरबाट आउने अथितिहरुको स्वागत तथा अन्य व्यवस्थापन तयारी लगभग पूर्ण भई सकेको छ। सांस्कृतिक समिति संयोजक नेत्र पाण्डे का अनुसार स्थानीय कलाकारहरू विशेष प्रस्तुति का निमित्त तयारी गरिरहेको, हास्य कलाकार नारायण त्रिपाठी (प्रेम चरो) ले पेट मिचिमिची हास्ने प्रस्तुति तथा अन्य अतिथि कलाकारहरुको सम्बन्धमा भुवन के सी लगायत अन्य ख्याती प्राप्त कलाकारको प्रस्तुति रहने जानकारी गराउनु भयो। यस कार्यक्रमको आर्थिक समन्वय भने कृष्ण भण्डारी को संयोजन मा तारा भुषाल र चन्द्रमणि पाण्डेले गरिरहनु भएको छ।
स्टल व्यवस्थापन समिति संयोजक प्रदीप तिम्सिना का अनुसार २५ -३० को सङ्ख्यामा स्टल बुक भई सकेको र अझ थप स्टल आउने अपेक्षा गरिएको जानकारी गराउनु भयो। यातायात व्यवस्थापन समिति संयोजक जीवराज बुढा का अनुसार यातायात व्यवस्थापन पूर्ण तयारी रहेको छ। कार्यक्रममा त्यसै गरी ‘फुड व्यवस्थापन’ समिति संयोजक निरज तिम्सिना का अनुसार कार्यक्रममा पहिलो दिन साँझ ‘फुड कर्निवल(महोत्सव)’ रहेको र यसमा नेपालमा खाइने धेरै भन्दा धेरै परिकार प्रस्तुत तथा बिक्री गर्ने तयारी जारी रहेको जानकारी गराउनु भयो।
यतिखेर टेक्सासका विभिन्न सङ्घ- संस्थाका जुनसुकै कार्यक्रममा, पार्टी, सेमिनार, कलेज, चिया गफ सबै तिर यसै कार्यक्रमको सफलताको प्रयत्नका सल्लाह मात्र सुनिन थालेको छ। ‘टेक्ससमा हुन लागेको यस महोत्सव लाई भव्य बनाउन हामी टेक्सासमा रहेका सम्पूर्ण दाजु-भाइ, दिदी-बहिनी, आमा-बुवा तथा सम्पूर्ण सङ्घ संस्थाहरू व्यक्तिगत तथा संस्थागत जिम्मेवारीका साथ सहभागी हुन लाई हार्दिक आह्वान गर्दछौ। साथै उक्त समयमा अन्य कुनै कार्यक्रमहरूको आयोजना नगरिदिन हुन समेत अनुरोध गर्दछौ’ भन्ने विज्ञप्ति आयोजकका तर्फबाट संयोजक अग्नि संजेल तथा सदस्य सचिव विजयराज भट्टराईले दुई हप्ता अघि नै जारी गर्नु भएको थियो।
यस नेपाल महोत्सव कार्यक्रम मा नेपाल सरकार, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र पर्टयन मंत्रालय, व्यापार प्रबर्धन केंद्र, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महा सङ्घ, नेपाल पश्मीना सङ्घ, केन्द्रीय गलैचा उद्योग सङ्घ लगायत का संस्थाहरू को सहभागिता रहने र ती संस्थाहरू द्वारा प्रस्तुत गरिने नेपाली उत्पादित सामानहरुको अमेरिकन तथा नेपाली ब्यबशयिहरु बिच अर्डर लिने व्यवस्थापन को तयारी समेत गरिएको जानकारी गराइएको छ। कार्यक्रम स्थलमा DFW Metroplex मा रहेका नेपाली संस्थाहरू लाई निःशुल्क टेबल को व्यवस्थापन गर्ने समेत रहेको छ।














प्रतिक्रिया