१ कार्तिक २०८३, शनिबार

हुम्लीहरु राज्यसँग सडक माग्दै सिंहदरबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karnali-news

काठमाडौ, २८ असोज । संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले हुम्लामा सडक लैजान नेपाली सेना र सडक विभागसँग आवश्यक छलफल गर्ने बताउनु भएको छ ।

हुम्लाका सभाषद जीवनबहादुर शाहीको नेतृत्वमा अधिकारीलाई भेट्न सिंहदरवारस्थित कार्यालयमा पुगेको टोलीसँग उहाँले कर्णालीको विकासका लागि छुट्टै कर्णाली विकास उपसमिति बनाउँनेसमेत बताउनु भयो ।

सभासदसहितको टोलीले हुम्लाको विकासको ढोका खोल्ने कर्णाली लोकमार्ग कालिकोट खुलालुदेखि हुम्लाको सिमकोटसम्म छिटो बनाउनका लागि पहल गरी दिन अनुरोध गरेका थिए ।

अधिकारीले हुम्लालाई सडक चाहिएको छ भन्दै  त्यसको लागि भने जस्तो काम भए बजेटको पनि अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सभासद शाहीले विकासको पहिलो ढोका सडक भएकाले सबै हुम्लीको पहिलो माग सडक भएको बताउनु भएको थियो ।

पूर्व सहायकमन्त्री छक्कबहादुर लामाले सडक विभागले सेनालाई भीरमा मात्र जिम्मा दिन चाहनु र सडकमा ७२ प्रतिशतसम्म घटेर ठेक्का लिनु मुख्य समस्या रहेको बताउनुभयो ।

उहाँले राज्यसँग जोडिने सडक नबन्दासम्म हुम्लीहरुले राज्यसँग नजोडिएको अनुभूति गर्ने पनि गुनासो गर्नुभयो ।

कर्नाली विकास आयोगका सदस्य दीपकबहादुर बुढाले सडक विभागको मापदण्ड र नेपाली सेनाको कमाण्डमा सडक बनाउन र त्यसमा स्थानीय युवाहरु परिचालन गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।

कर्णली  क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष शिवराज शर्माले हुम्लामा सडक नपुग्दासम्म जति विकासको रकम दिएपनि विकास असंभव हुने दावी गर्नुभयो ।

हुम्लाका स्थानीय विकास अधिकारी शिवप्रसाद रिजालले कर्णली लोकमार्ग नबन्दासम्म राज्यले अर्बौ रुपैया दिएपनि कुनै परिवर्तन नहुने दावी गर्नुभयो ।