१ कार्तिक २०८३, शनिबार

शासकीय स्वरुपमा एमालेले भने जस्तो फ्रेन्च मोडलमा आउन सकिन्छः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौ, २८ असोज ।   उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनु भएका एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले बिगतका सहमतिबाट पनि पछि हटेको आरोप लगाउनुभएको छ ।

उहाँले आफ्नै निवास लाजिम्पाटमा पत्रकारहरुसँग कुरा गर्दै ती दलकै कारण तीन दिनभित्र दलहरुबीच सहमति हुने संभावनासमेत कम हुँदै गएको दाबी गर्नुभयो ।

शासकीय स्वरुप, राज्य पुनसंरचना र निर्वाचन प्रणालीका विषयमा कांग्रेस र एमाले बिगतको आफ्नै अडान र सहमतिबाट पनि पछि हटेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले एमाओवादी सहमतिका लागि लचिलो भएको भन्दै शासकीय स्वरुपमा बिगतमा एमालेले भने जस्तो फ्रेन्च मोडलमा आउन सकिने पनि बताउनु भयो ।