लन्डन । विश्वशान्तिका लागि उल्टो साइकल चलाएर विश्व यात्रामा निस्किएका वीरेश दाहाललगायतको साइकलयात्रीको समुहले बेलायतवासी नेपालीहरुले सहयोग नगरेको भनी मिडियावाजी गरेकोप्रति बेलायतवासी नेपालीहरु रुष्ट बनेका छन् ।
वीरेश दाहाल, बरुण अधिकारी र बजेन्द्रकुमार महराले लण्डमा अलपत्र भन्ने समाचार केहि अनलाईन तथा ब्लगहरुमा प्रकाशन गरी सहयोग नपाएको गुनासो गरेकोप्रति बेलायतवासी नेपालीहरुले गुनासो गरेका हुन् ।
उल्टो साइकल चलाएर विश्व यात्रामा निस्किएका साइकलयात्रीहरुको समुह लण्डनको मुटुमा रहेको नोपाली दुतावासमा बसोबास गरिरहेको उनीहरुको भनाई छ ।
उनीहरुलाई गैर आवासीय नेपाली संघ युकेको काउन्सील बैठकमा करीब पन्ध्र सय पाउण्ड रकम सहयोग गरिएको पनि उनीहरुले दाबी गरेका छन् । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष्ँ योगेन्द्रबहादुर क्षेत्रीले आइस ब्याकेट च्यालेञ्ज गरि सो रकम संकलन गरेका थिए ।
अमेरिका जाने तयारीमा रहेका साइकलयात्रीहरुलाई नेपालब्रिटेन डटकमको आठौं वार्षिकोत्सवमा सहभागी नेपालीले एक हजार ४८ पाउण्ड संकलन गरि हस्तान्तरण गरेका थिए ।
लण्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अनुरोधमा व्यवसायीहरु कुल आचार्य, महेन्द्र कंडेललगायतले सहयोग संकलन गरेको उनीहरुको भनाई छ ।
दाहालले त्यतिबेला सहयोग पाएपछि अब आफूहरुको यात्रा अगाडि बढ्ने जनाउंदै सहयोगीप्रति आभारसमेत व्यक्त गरेका छन् ।
यसअघि गुल्मीजिल्ला समाज यूकेले एक सय ५१ पाउण्ड, लन्डनस्थित स्किल्स एण्ड केयर नामक च्यारिटी संस्थाले उनीहरुलाई चार सय २२ पाउण्ड सहयोग गरेको थियो ।
उक्त सहयोग स्किल्स एण्ड केयरका तर्फबाट यादव भण्डारी र विवेक श्रेष्ठले संकलन गरेका थिए ।
सन् २००४ देखि उल्टो साइकल चलाएर ५७ देश घुमिसकेका दाहालले गिनिज वल्र्ड रेकर्डसका लागि लन्डन अफिसमा नाम दर्ता गराई सकेका छन् ।
विभिन्नच्यारिटी तथा सामाजिक कामहरुमा बेलयतवासी नेपालीहरु सधैं अगाडि रहेको भन्दै त्यहाँका नेपालीले उनीहरुको मिडियावाजीको आलोचना समेत गरेका छन् ।















प्रतिक्रिया