३० आश्विन २०८३, शुक्रबार

सिनेमा हल भित्र खानै नसकिने महँगा सामान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gopi-krishna-movie-hallकाठमाडौं, २८ असोज । सिनेमा हलभित्र बिक्रीमा राखिएका सामान अतयन्त महँगो भएपनि न्युन गुणस्तरीय हुने गरेको फेला परेको छ।

वाणिज्य ता आपूर्ति व्यवस्थापन विभागको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्तकर्मीको संयुक्त टोलीले गरेको अनुगमनमा यस्तो फेला परेको हो ।

विभागका अनुसार हलभित्र हुने ठगीसम्बन्धी उजुरीको आधारमा सोमबार अनुगमन गरेको थियो। टोलीले कमलपोखरीमा रहेको क्वेस्ट इन्टरटेन्मेन्ट, सिभिल मलस्थित सेन्ट्रल सिनेमाज, सीटीसी मलमा रहेको सिने दि सेफमा अनगमन गरेको थियो।

त्यसक्रममा सिनेमाले लेबल नभएको, म्याद सकिएको सामानको मृल्य दुई गुणाभन्दा महँगोमा बिक्री गरेको फेला परेको थियो।

विभागका अनुसन्धान शाखाका पुरुषोत्तम सेवेदीले यस्तो कैफियत भेटिएपनि विभागसँग कारबाही गर्ने अधिकार नभएकाले समस्या भएको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।