काठमाडौं, २८ असोज । तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी फुटको संघारमा पुगेको छ।
महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो ।
एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ। विवाद चर्कदै गएपछि थापा र चन्दले एक अर्कालाई निषेध गर्न थालेका छन्।
संगठनात्मक संरचनामा आ–आफ्नै पकड जमाउन थापा र चन्दको होडबाजी बढेपछि केन्द्रदेखि तल्ला कमिटिसम्म विभाजनको रेखा कोरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।















प्रतिक्रिया