काठमाडौ, २८ असोज । नेपाल मेडिकल काउन्सिलको छानविन समितिले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा वितेका बीरामी अमी रिसालको उपचार प्रकृयामा कमी कमजोरी संगै त्रुटी रहेको समेत ठहर गरेको छ ।
यति मात्र नभइ नर्भिकको सेवा प्रणाली, व्यवस्थापन र व्यावसायिक आचरण संग सम्वन्धित त्रुटि, कमजोरीहरु समेत प्रतिवेदनमा औल्याइएको छ ।
समितिले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बुझाएको छानविन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
ललितपुर, झम्सिखेलका ४७ वषिर्य अमी रिसाल वाकवाकी, टाउको दुखाई, पखाला, पेट दृुखाई आदि समस्या सहित डा।राजिव पाण्डे समक्ष पुगे पछि चिकित्सक कै सल्लाह अनुसार यसै वर्ष गत असार महिनामा नर्भिकमा भर्ना भएका थिए । रिसालका आफन्तले नर्भिक अस्पतालको त्रुटिपुर्ण उपचार प्रकृयाले मृत्यु भएको दावी गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काउन्सिललाइ अमी रिसाल को स्वास्थ्य उपचार प्रकृया वारे छानविन गरेर कारवाहि गर्ने वारे पत्र पठाएको थियो ।
उक्त पत्रमा विरामी अमी रिसालको स्वास्थ्य उपचारको प्रकृया, उपचारमा देखाउनु पर्ने कुशलता र सम्वेदनशीलताको पक्ष कति सकारात्मक वा कमजोर थियो भन्ने वारे सत्य तथ्य छानविन गरी कारवाहिको लागि सिफारिस समेत गर्न काउन्सिललाई भनिएको थियो ।
स्रोतको अनुसार प्रतिवेदनमा बिरामी रिसाल ‘ग्यास्ट्रोइन्टरटाइटिस’को समस्या लिएर नर्भिकमा उपचारको लागि गए पनि भर्ना भएपनि न्युरो सम्वन्धि समस्या आएको कुरा त्यहाका डाक्टरले पहिचान गर्न ढिलाइ भएको पाइएको स्पष्ट उल्लेख छ ।
उक्त प्रतिवेदन गत साउन ४ गते काउन्सिलका व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा।सतिस कुमार देव को संयोजकत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका, प्रा।डा।अर्जुन कार्की, त्रिवि शिक्षण अस्पतालका प्रा.डा.जगदिशप्रसाद अग्रवाल, मनमोहन कार्डियोभास्कुलर सेन्टरका प्रा।डा।भगवान कोइराला, स्वास्थ्य मन्त्रालयका डा।गुणराज लोहनी सम्मलित पाच सदस्यिय छानविन समिति ले दिएका हुन ।
प्रतिवेदन अनुसार बीरामी बेहोस भएर अचेत अवस्थामा भेटिए पछि त्यस्ता विरामीलाइ तत्कालै गर्नु उपचार नगरिएको र सघन उपचारमा समेत पठाइएको पाइएन ।
यति मात्र नभइ विज्ञ चिकित्सकहरुले नर्भिक अस्पतालको सेवा प्रणाली, व्यवस्थापनमा देखिएको त्रुटी, कमजोरी हरु समेत प्रतिवेदनमा औल्याएका छन ।















प्रतिक्रिया