३० आश्विन २०८३, शुक्रबार

दुई दिन हिडेर ललितपुर अस्पतालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Healthललितपुर, २८ असोज । मकवानपुर बेतिनी देउजारका ६१ वर्षीय तारामान थिङ आफै दमका विरामी हुन् ।

सोमवार लेले टिकाभैरव स्थित आनन्दवन अस्पतालमा भेटिएका थिङले छोरा छोरीको जिउ चिलाउने आफै घाउ हुने रोगको उपचार गराउन २ दिन लाएर अस्पताल आइपुगेको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

आइतबार घरबाट एक दिन हिडेर गिम्दीमा एक रात बसि बल्लतल्ल आइपुगेका उनीको सोमबार पनि उपचार सकेन् । उपचार नसकेपछि उनलाई रात बिताउन समस्या परेको छ । आफुलाई मजदुर काम गर्ने बताएका थिङले डाक्टरहरुले भर्ना नभइकन अस्पतालमा रात बिताउन नपाइने गरेको बताए । ‘यतातिर चिनेजानेका कोहि छैनन्’ उनले भने, ‘धेरै मर्कामा परेछु ।’

अस्पतालमा भेटिएका अर्का कालेश्वरका ५९ वर्षीय तिलप्रसाद दाहाल छोरालाई उपचार गराउन तीन घण्टा हिडेपछि बल्ल सवारी साधन चढि अस्पतालमा आइपुगेको बताए । ‘श्रीमती ७ वर्ष देखिन टाउकाको बिरामी छे, म आखाँ राम्रो नदेख्ने हामी गरिब सर्वसाधारणलाई गाँउमै अस्पताल भइदिए सजिलै उपचार गराउन पाउनेथ्यो’,उनले भने ।

आश्राङ लुकुनीका ७६ ववर्षीय सन्तबहादुर संजेल पनि खुट्टा पाक्ने चिलाउने रोग उपचारका लागि सास्ती खादै घण्टै हिडेर अस्पताल पुगेको बताए । सोमबार उपचार नभएपछि निरास हुर्दै गाउँ फर्केका उनीले पुन अर्को सोमबार सास्ती खार्दै अस्पताल आउनुपरेको बताए  । ‘गाउँमा अस्पताल भइदिएको यतीको दुख व्यहोर्नु पर्ने थिएन्’,उनले भने ।

उनीहरु जस्तै अस्पतालमा भेटिएका कयौ अन्य सर्बसाधारण सास्ती खादै उपचारका लागि आस्पताल आइपुगेको हुन् । ललितपुर दक्षिण भेगमा अस्पताल नहुदा २० भन्दा बढि गाविसका सर्वसाधारणले सास्ती ब्यवहोर्दै आएका छन् ।

मानिखेलमा सुविधासम्पन्न अस्पतालको भौतिक संरचना तयार भएपनि सरकारी ढिलाईका कारण सञ्चालनमा आउन नसकेको सर्वसाधारणको गुनासो छ । अधिकास बालबालिका, महिला, अशक्त र ज्येष्ठ नागरिक मर्कामा छन् ।

लेले, डुकुछाप, घुसेल, मानिखेल, गाटिखेल, बुखेल, भारदेउ, चौघरे, नल्लु, भट्टेडाडा, माल्टा, शंखु, दलचोकी, इकुडोल, आश्राङ, गिम्दी, ठुलादुर्लुङ, चन्दनपुर, कालेश्वर र प्युटारका लगायत अन्य गाविसका बासिन्दा घण्टै हिडि अस्पताल पुग्न बाध्य छन् ।