२८ आश्विन २०८३, बुधबार

हाम्रै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड यति बेइमान होलान भन्ने सोचेको थिएनौँः राजकिशोर यादव

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘पर्ख र हेर’को अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी नेपालले सत्तारुढ दलहरूलाई आन्दोलनको चेतावनी दिएर दवाव सृजना गर्दै आएको छ । रणनैतिक रुपमा आन्दोलनको कुरा गरेर आफ्ना मागहरू संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप, आन्दोलनका बेला आफ्ना नेता तथा कार्यकर्तालाई लागेका मुद्दा फिर्तालगायतलाई पूरा गराउने पक्षमा छ । एमालेप्रति कठा व्यवहार देखाउँदै आएको राजपा नेपाल एमालेलाई पुरानो शक्तिको नेतृत्वकर्ता दलका रुपमा लिन्छ ।

सरकारले मुद्दा फिर्तादेखि क्षतिपूर्ति, शहीद घोषणालगायतका केही सीमित मागहरू पूरा पनि गरेको छ । तर, संविधान संशोधन र स्थानीय तहको संख्या थपको विषयमा भने एमालेलाई देखाएर सत्तारुढ दलहरू मधेस केन्द्रित दलहरूका माग पूरा गर्ने पक्षमा छैनन् । आन्दोलन घोषणा गर्ने भनेर पटक–पटक बैठक बस्छन् । तर आन्दोलन बार्गेनिङका रुपमा प्रयोग गर्ने गरेको आरोप छ । यसै विषयमा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग विमल योगीले दैनिक नेपालका विमल योगीले गरेको कुराकानीः

चुनावको बेला तपाईहरूलाई आन्दोलनको आवश्यक्ता किन पर्‍यो ?

0 मुलतः अहिलेको अवस्थामा राजपा नेपालले ऐतिहाँसिक र शाहसिक निर्णय लिनुपर्ने अवस्थामा आएको छ । आजसम्म हामीलाई आशा थियो कि यो सरकार हाम्रो समर्थनमा बनको भन्ने । यसले हाम्रा माग र मुद्दा सबै नभए पनि केही न केही पूरा गरेर न्याय गर्छ भन्ने थियो । अहिलेसम्म आउँदा केही पनि भएन । हाम्रा माग र मुद्दालाई सम्बोधन गर्ने संकेत कतैबाट आएन । अब राम्रा सामु दुई वटा बाटाहरू छन् । त्यो हो कि आत्मसमर्पण गर्ने वा संघर्षमा जाने । अहिलेसम्म के गर्ने भनेर हाम्रा साथीहरूसँग छलफल गरेका थियौँ । सबैको सुझाव माग पूरा गराउन आन्दोलनमा जानुपर्छ भन्ने दवाव आएको छ । हामी यो मुलुकमा सधै सकारात्मक पहलकदमी खोजौ भन्छौ । निकास चाहन्छौँ । यिनीहरू (कांग्रेस, एमाले र माओवादी)को हठका कराण निकास आउनै सक्दैन । अब आन्दोलनको बिकल्प छैन । यथाअवस्थामा चुनावमा जाँदैनौँ । राजपा संघर्षमा जानुपर्छ । राजपाले निर्णय गरेर भने आन्दोलनको नेतृत्व गर्नुपर्छ । राजपाले त्यसको नेतृत्व लिनुपर्छ । आन्दोलन घोषणा हुन्छ । यदि राजपा नेपालले नेतृत्व लिन सकने भने अर्को शक्ति आउँछ र आन्दोलनको नेतृत्व लिन्छ ।

अहिले आन्दोलनको आवश्यक्ता हो र ?

हाम्रो समर्थनमा तीन बुँदे सहमतिको आधारमा यो सरकार बनेको हो । संविधान संशोधन गरेर संविधानलाई पूर्णता दिने सहमति भएको थियो । संविधानको विरोधमा आन्दोलन गर्दै आएका थियौँ । आन्दोलनका बेला मधेसमा ५४ जनालाई सहिद बनायौँ । हजारौँ कार्यकर्ता घाइते छन् । करोडौँको सम्पत्ति नोक्सानी भएको छ । तर, अहिले आएर सत्तापक्षले आन्दोलनलाई तेजोबद्ध गर्न खोज्दै छन् । मधेस आन्दोलन र त्यो क्रान्तिसँग धोका हुँदै छ । यो चुनाव संविधान कार्यान्वनयका लागि चुनाव हो । हामी संविधान स्वीकार गरेका छैनौँ । संविधान स्वीकार्य बनाउन संशोधन गर्नुपर्छ । हाम्रो माग र क्रान्तिलाई तेजोबद्ध गरेर अगाडि बढ्ने अवस्था छैन । हाम्रै समर्थनमा बनेको सरकारबाट यति धेरै बेइमान होला भन्ने सोँचका थिएनौँ । हामीसँग धोका भएको छ ।

एमालेले तपाईहरूको मागलाई राष्ट्रघाति भनेको छ नि ?

एमाले पार्टी नै नश्लीय पार्टी हो । उसको चरित्र सबै राष्ट्रघाति सोँचमा केन्द्रित छ । एमालेको विचार सबै परिवर्तनको एजेन्डा एमालेका नेताहरू राष्ट्रघाति देख्छन् । एमाले यथास्थति र परिवर्तन विरोधी शक्तिको नेतृत्व गरिरहेको छ । मुलुकलाई जोगाउने र स्थायी शान्ति र समृद्धिमा लैजाने भन्दा पनि एमालेले अस्थिरता चाहन्छ । हामी राष्ट्रघात होइन राष्ट्र मिलाउने कुरा गरेका छौँ । हाम्रो माग राष्ट्रिय एकताका लागि हो । एमालेले जनताको मागलाई बुझपचाइ रहेको छ । एमालेले इतिहाँसको कठघारामा बसेर जवाफ दिनुपर्छ । एमालेको प्रवृत्तिको विरोधमा हामीले पहिला देखिनै विरोध गरिरहेका थियौँ । अहिले पनि विरोध छ ।

कांग्रेस–माओवादी तपाईहरूको पक्षमा हुँदाहुँदै किन आन्दोलन भन्या ?

हाम्रो माग राज्यसँग हो । माग र लडाइँ कुनै पार्टी वा व्यक्तिसँग होइन । मुलुकलाई स्थायी शान्तिका लागि लैजाने कुराको माग सबैको हुनुपर्छ । हाम्रा कसैका विरुद्ध लक्षित होइन । कांग्रेस र माओवादी मात्रै सहमति भएर हुँदैन एमालेसहितका दलहरू हाम्रा मागप्रति सकारात्मक हुनुपर्छ । माग पूरा भएन भने राष्ट्रिय एकता बलियो हुँदैन ।

मधेस केन्द्रित दलहरू र राजपा नेपाल चुनाव विरोध पो देखियो त ?

यसअघि पनि चुनाव भएको हो । र, थियो । हामी चुनाव विरोध कदापि होइनौँ । अहिलेको चुनाव सामान्य अवस्थाको होइन । कुरा बुझ्नु पर्छ । यो चुनाव संविधान कार्यान्वयका लागि हो । अहिलेको संविधान परिवर्तन गर्नै पर्छ । नश्लीय संविधान मान्न हामी तयार छैनौँ । यसलाई संशोधन गरेर सबैले मान्ने र सर्वस्वीकार्यताको दायरामा ल्याउनु पर्छ । कांग्रेस–माओवादीले यो कुरा बुझेर आएका छन् । एमालेले बुझेको छैन । एमालेले बुझेन भने राष्ट्रमा हुने जिम्मेवारी एमालेले लिनुपर्छ । त्यसपछि हुने अप्रिय घटनाको जिम्मेवारी एमालेले लिनुपर्छ । यो संविधान सबैको हो भनेर संशोधन गर्नुपछ । हामी आन्दोलन स्थगित गरेर सधैँ सम्वाद र वार्तामा आयौँ । हामीलाई सधैँ कमजोरीका रुपमा हेरियो ।

तपाईहरू चुनावमा बढारिने डरले आन्दोलनतिर लाग्नु भो है ?

चुनावको विरोध हमीले अहिले मात्रै गरेका होइनौँ । हामी संविधान निर्माणदेखि आन्दोलनमा छौँ । बिमार र अपाङ्ग संविधानलाई पूर्णता दिन खोजको हौँ । यो संविधान जसलाई स्वीकार्य नै छैन ती दलहरूलाई चुनावमा बढारिने के को डर ? यस्तो अवस्थामा हामी कसरी चुनावमा जान सक्छौँ । चुनावमा बढारिने भनेर लागेका आरोपहरू आरोपका लागि आरोप होलान् । तथ्य त के हो भने हामी निर्वाचन विरोध होइनौँ । संविधान संशोधन भयो भने त चुनावमा गइहाल्छौँ नि ।

चुनवाका लागि तपाईहरूको न्यूनतम बटम लाइन के हो ?

संविधान संशोधन नै हाम्रो बटम लाइन हो । संविधान पूर्ण बनाएर चुनाव गरौँ । यही नै हो बटम लाइन ।

संविधान संशोधन भएन भने के हुन्छ ?

संशोधन भएन भने चुनाव हुन सक्दैन । बरु के गर्ने भनेर गृहकार्य गरौँ । संशोधन भएन भने चुनाव हुँदै हुँदैन । हामी चुनाव हुन दिँदैनौँ । दुई वर्षदेखि हामी आन्दोलनमा छौँ । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ भनेको ? हामी सधै वार्ता र सम्वादमा रह्यौँ । हामीलाई पेलेर के गर्न खोजिएको छ ? संशोधन भएन भने त्यस बेला के हुन्छ हरौँला !

सत्तारुढ दलहरूले पेलेर चुनाव गरे भने के गर्ने ?

उनीहरू के गर्छन् त्यति बेलाको कुरा हो । आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक आदिका माग पूरा नगरेर जबरजस्ती चुनाव गर्न खोजियो भने त्यही बेला हाम्रो जवाफ आउने छ । पेल्ने कुरा हेरौँला । हामी पनि जे सक्छौ त्यो गर्ने छौँ ।

राजपा नेपालभित्र विवाद छ रे ? फुट्दै पनि छ हो ?

राजपा नेपाल गठन गरिएको जनताको जनादेशलाई मानेर बनेको शक्ति हो । यसमा कसैले चलखेल गर्छ भने त्यो आफै समाप्त हुन्छ । राजपाभित्र विवाद छ वा फुट्दै छ भन्ने कुरामा कुनै सत्यता छैन ।

उपेन्द्र यादवलाई बाहिर राखेर के गर्न खोज्नु भएको हो ?

उपेन्द्र यादवजीलाई हामीले पर्खि रहेका छौँ । उहाँ कतिखोर आउनु हुन्छ भन्नेछ । पार्टी एकता होस वा सहकार्य गर्ने सबै कुरामा हामी तमतयार छौँ । उपेन्द्र यादवजीले निर्वाचनका लागि लिएको कदम गलत बाटो थियो । त्यसमा हाम्रो असहमति हो । बाहिर राखिएको होइन । उहाँलाई सधै स्वागत छ ।

नयाँ सरकार बन्ने चर्चा छ तपाईहरूले समर्थन गर्ने हो ?

सरकारमा अहिले हाम्रो सरोकार छैन । अर्जुन–दृष्टि भनेको संविधान संशोधनमा छ । अहिले हामी संघर्षमा छौँ । सरकारको कुरा गौण छ । त्योभन्दा पहिले कुनै परिस्थिति आयो भने त्यस बेला सरकारमा के गर्ने सोचौँला । सरकार हाम्रो सरोकारको विषय होइन । पहिला यो संविधानलाई सबैको अस्तित्वको संविधान बनाउने हो ।

संविधान संशोधन चुनावपछि गर्ने भनेर लिखित प्रतिवद्धता आयो भने के गर्ने ?

संशोधनको प्रस्ताव त अहिले आएको होइन नि । लिखित प्रतिवद्धता आयो भने पनि मान्दैनौँ । यी बेइमानहरूले गर्ने लिखित प्रतिवद्धतालाई मान्न सकिँदैन । मसी सुक्न नपाउँदै सहमति उल्लंघन हुन्छ । हामीलाई अबको अवस्था भनेको जीवन–मरणको सवाल हो । अधिकार र स्वाभीमानका लागि मान्छे मर्न तयार छ । चुनावलाई मात्रै समर्थन गर्न सकिँदैन । यहाँ विश्वासको संकट पनि भएको छ । उधारो सहमति मान्ने पक्षमा छैनौँ ।

राजपा नेपालको दर्ता नहुने भो, चुनाव चिन्ह पनि आयोगले नदिने रे ? के गर्नु हुन्छ ?

दल दर्ताको कुरा ठूलो छैन । चुनाव चिन्ह हाम्रो माग होइन । संविधान संशोधनको माग पूरा भयो भने चुनावमा जान्छौँ । जुनसुकै चुनाव चिन्ह लिएर भएपनि प्रतिस्पर्धा गर्न तयार छौँ । दल दर्ता वा चुनाव चिन्हको कुरा समस्या होइन ।

तपाईहरूका माग पूरा हुँने अवस्था त छैन नि ?

माग सम्बोधन वा पूरा हुन सकेन भने चुनाव हुँदैन । चुनाव विथोलिन्छ । त्यसको जिम्मेवारी सत्तारुढ दल र एमालेले लिनुपर्छ ।

राजपा नेपाल संविधान असफल बनाउने षड्यन्त्रमा लाग्यो है ?

यो संविधान अपूरो र विभेदकारी छ । यथास्थितिमा मान्न सकिँदैन । हामी संविधानको विरोधमा सुरुदेखि लागेकाले संविधान असफल बनाउने भन्ने त प्रश्नै आउँदैन । हामी संविधान संशोधन गरेर सबैको अधिकार स्थापित गर्न चाहन्छौँ ।

तपाईहरूको आन्दोलनमा जनताको समर्थन छैन रे हो ?

जनताले हामीलाई साथ दिन्छन् । दिएका पनि छन् । जनताको जोडबलमा लड्ने हो । अधिकारका लागि जनताको त्याग छ । अधिकार र स्वाभीमानका लागि जनता मारिएका छन ।

स्थानीय तह संख्या थपियो भने राजपा नेपाल चुनावमा जाने हो भन्ने चर्चा छ नि ?

जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गर्नुपर्छ । सरकारले संख्या पनि थप्न चाहँदैन भन्ने सूचना पाएका छौँ । हामीसँग मिठा कुरा गर्ने । अनि हामीलाई होच्याउने कार्य स्वीकार्य छैन । हामीलाई जनसंख्याको कुरामा चिढाउने कार्य भएको छ । जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने कुरा पनि हाम्रो प्रमुख माग हो ।