१ कार्तिक २०८३, आइतबार

भ्याली पब्लिक र गोल्डेनपिक फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । भ्याली पब्लिक र गोल्डेनपिक दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा भ्याली पब्लिकले लालीगुराँसलाई ३९–२१ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा अभिषेक श्रेष्ठले ११ अंक योगदान गरे ।

अर्को सेमिफाइनलमा गोल्डेनपिकले साविक विजेता ओडिसी इन्टरनेसनल एकेडेमीलाई २९–२५ ले हरायो । गोल्डेनपिकका पेम्बा शेर्पाले १६ स्कोर गरे ।

सिनियर गल्र्सको थ्री बाइ थ्रीमा ईडेन ब्रिज एकेडेमी (ईबीए) र एचएचसीएले उपाधि भिडन्त पक्का गरिसकेका छन् ।