नेपालमा आफैमा पनि प्राकृतिक सुन्दरताले भरिएको देश हो । तर, विश्वमा यस्ता प्राकृतिक स्थलहरु छन्, जसको सुन्दरतालाई आँखामा कैद गर्न विश्वका मानिसहरु धुरिन्छन् । यहाँ दुनियाँका त्यस्ता स्थानहरुको सूची प्रस्तुत गरिएको छ, जहाँ जीवनमा एक पटक पुग्नै पर्ने भनिन्छ ।

नायगरा फल्स
क्यानडा र अमेरिकाको बीचमा पर्छ, यो विशाल झरना । न्यूयोर्क र ओन्टारियो प्रान्तकोबीचमा पर्ने नायगरा फल्स हेर्न लाखौं मानिस पुग्ने गर्छन् । यहाँको पानीको सुन्दरता विश्वमै सबैभन्दा मन लोभ्याउने दृष्यमा पर्छ । यो पनि जीवनमा एक पटक पुग्नै पर्ने ठाउँको सूचीमा सूचीकृत छ ।
नर्दन लाइट्स् (उत्तर ध्रुवीय आभा)
बेलायती हवाइ क्षेत्रमा देखिने यस्ता दृष्य विमानबाट पनि सबैभन्दा हेर्न लायक दृष्यकोरुपमा पनि मानिन्छ । बेलायत सहित यस्तो लाइट उत्तरी अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिकामा देखिन्छ ।
ग्रेट केन्योन कोलोराडो
अमेरिकाको कोलोराडोमा रहेको ग्रेट केन्योन पनि विश्वका हेर्न लायक ठाउँको सूचीमा छ । विशाल चट्टानी यो क्षेत्रका विषयमा १६ औं सताब्दी देखि अनेकन किस्सा लेखिएका छन् ।
इजिप्टका पिरामिड
इजिप्टका पिरामिण पनि जीवनमा हेर्नै पर्ने दृष्यको सूचीमा परेको छ ।मानव शभ्यताकै सबैभन्दा पुराना पिरामिण मानिन्छन् । तत्कालीन राजपरिवारका सदस्यका शवलाई सुरक्षित राखिएका यहाँका पिरमिण भ्रमण गर्न वर्षेनी हजारौं मानिस इजिप्ट पुग्ने गरेका छन् ।
ग्रेटवाल अफ चाइना
चीनको ग्रेटवाल पनि विश्वका आश्चर्यमा समावेश छ । चन्द्रमाबाट समेत देखिने भनिएको यो ग्रेटवालको अवलोकन गर्न वर्षेनी हजारौं देशी विदेशी पर्यटक ग्रेटवाल पुग्छन् ।



















प्रतिक्रिया