२९ आश्विन २०८३, बिहिबार

कलंकीमा कोठामा बोलाएर युवतीसँग शारीरिक सम्पर्क राख्दा…

94.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, । जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय राजेन्द्र पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका घर भई सोही ठाउँ डेरा गरी बस्ने २४ बर्षीय अग्रज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरेलले गत बैशाख ३१ गते रामेछाप बेथान–५ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने २० बर्षीया महिलालाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको र चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।