१ कार्तिक २०८३, आइतबार

आईपीएलको उपाधि मुम्बई इंडियन्सलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ८ जेठ । मुम्बई इंडियन्सले राइजिंग पुणे सुपरजाइंटलाई एक रनले पराजित गर्दै आईपीएलको उपाधि जितेको छ ।

भारतको हैदराबादमा आइतबार राति भएको रोमाञ्चक क्रिकेट खेलमा मुम्बई इंडियन्सले राइजिंङसँग सनसनीपूर्ण जित निकालेको हो ।

मुम्बई इंडियन्सका ब्याट्सम्यानद्वय क्रुणाल पंड्याले जितका लागि ४७ रन, कप्तान रोहित शर्माले २४ रनको योगदान गरेका थिए । मुम्बईले पहिलो १७ ओभरमा ९२ रन बनाएको थियो ।

तर, अन्तिम तीन ओभरमा मुम्बई इंडियन्सले ३७ रन बनायो । जितका लागि त्यही ३७ रन निर्णायक बन्यो । अनि मुम्बई इंडियन्सले आईपीएलको उपाधि चुम्यो ।

पुणेका लागि अंजिक्य रहाणेले ४४ रन बनाए । स्मिथले ५१ रन बनाउन सफल भएका थिए । मुम्बईका लागि जोनसनले तीन र जसप्रीत बुमराहले दुई विकेट लिएका थिए ।

मुम्बईले जितसँगै ट्राफी र १५ करोड रुपियाँ पुरस्कार पाएको छ । दुई वर्ष अगाडि आईपीएलसँग जोडिएको पुणेको टीम उप–विजेता बनेर दस करोड रुपियाँ प्राप्त गरेको छ । – एजेन्सी