काठमाडौं, ७ जेठ । नेपाल माउन्टेन रनिंग संघको आयोजनामा प्रथम खुल्ला एभरेस्ट काठमाडौँ कैलाश अल्ट्रा चेम्पेंनशिप रेस हुने भएको छ ।
आइतबार दशरथ रगंशालामा आयोजित कार्यकममा आउने शनिबार जेठ १३ गते काठमाडौँको चोभार–तौदहदेखि चम्पादेवी र त्यहि रुट हुँदै चोभारमा समापन हुने जानकारी दिईयो ।
प्रथम पुरुस्कार ३० हजार र प्रमाणपत्र त्यस्तै द्वितीय पुरस्कार २० हजार र प्रमाण पत्र, तृतीय पुरुस्कार १५ हजारसहित प्रमाण पत्र र दौड पुरा गर्ने सबै खेलाडीलाई प्रमाण पत्रको ब्यबस्ता गरिएको संघका महासचिब मन बहादुर खत्रीले बताए ।
दौड खुल्ला रुमपा संचालन हुने भएकाले सबै खेलाडीलाई खेलमा भाग लिन संघका अध्यक्ष संजय पण्डितले आग्रह गरे । दौडलाई राष्ट्रिय खेलकुद परिषद, कैलाश गेअर, याक माउन्टेन गेअर, संजय पण्डित फाउन्डेशन नेपाल, १४ पिक एकसेपिद्शन, सेवेंन समिट ट्रेक एजीन्सी आर्थिक एबम प्राबिधिक रुपले सहयोग गरेका छन् ।
















प्रतिक्रिया