९ मंसिर २०८३, बुधबार

राजपा र गठबन्धनले माग पूरा नभए निर्वाचन विथोल्ने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । संविधान संशोधन गरेर स्थानीय तहको दोस्रो चरणको निर्वाचन वातावरण बनाउन माग गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय गठबन्धनले अन्ततः आन्दोलनको बिकल्प नरहेको ठहर गरेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले संविधान संशोधनका लागि दवाव दिन आन्दोलन घोषणा गरिनेछ । उनले भने, ‘हामी धैर्यताका साथ बसेका छौँ । संविधान संशोधनका लागि कसैले पनि चासो दिएनन् । अब आन्दोलन घोषणा हुन्छ ।’

राजपा र संघीय गठबन्धनले दोस्रो चरणको निर्वाचन विथोल्ने गरेर कार्यक्रम ल्याउन लागेको छ । आन्तरिक तयारी गरिरहेको राजपा र गठबन्धनले सम्भवत आजै संघर्षका कार्यक्रम आजै सार्वजनिक गर्नेछ ।

राजपाका अर्का नेता मनीषकुमार सुमनले आजै संघीय गठबन्धनको बैठक बसेर आन्दोलन घोषणा गर्ने तयारी भइरहेको बताए । गठबन्धनको बैठक काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्नेछ ।